
रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा सोमबारदेखि स्थानीय कृषिउपज बिक्री केन्द्र सञ्चालनमा आएको छ ।
स्थानीय उत्पादन मात्र बिक्री गर्नेगरी उक्त बिक्री केन्द्र स्थापन गरिएको हो । मन्थलीका नप्रमुख लव श्रेष्ठले एक कार्यक्रमकाबीच केन्द्को शुभारम्भ गर्नुभयो ।
साना किसानहरूको उत्पादनलाई खरिद बिक्री गरिदिने उद्देश्यले स्थापना गरिएको केन्द्रमा नगदेबालीअन्तर्गत अदुवा, बेसार, लसुन, विभिन्न प्रकारका गेडागुडी, मौसमअनुसारका तरकारी तथा स्थानीयस्तरमा उत्पादन भएका जुनार, सुन्तला, कागती केरा लगायत सामग्री बिक्री गरिने जिल्ला कृषि सहकारी सङ्घका सचिव भानुभक्त श्रेष्ठले जानकारी दिनुभयो ।
‘किसानको बारीदेखि तपाईँको थालीसम्म’ भन्ने मूल नाराका साथ तामाकोसी एग्रो एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालिले केन्द्र सञ्चालनमा ल्याएको हो । आगामी दिनमा जिल्लामा उत्पादन भएका सबै कृषिउपज र हस्तकलाका सामग्री राखेर कोसेली घरका रूपमा विकास गर्ने योजना रहेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।
साना किसानले उत्पादन गरका तरकारी तथा गेडागुडी यसअघि डोकोमा बोकेर मन्थली बजार घरघरमा पुगी बिक्री गर्नुपर्ने बाध्यता थियो । केन्द्र सञ्चालनमा आएसँगै बजारीकरणको समस्या अन्त्य हुने स्थानीय किसान बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति