
चितवन । चितवनको भरतपुर–१५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा प्याराफिट निर्माण शुरु भएको छ । अहिले स्ट्याण्ड–१ मा प्याराफिट निर्माण शुरु भएको हो । त्यसपछि क्रमशः २, ३ र ४ नम्बर स्ट्याण्डमा प्याराफिट निर्माण थालिने छ ।
भिआइपी टावर १ मा उपर बीमको काम अन्तिम चरणमा पुगेको छ । लगतै पहिलो तलाको काम अघि बढ्ने प्रोजेक्ट म्यानेजर इञ्जिनियर वीरेन्द्रकुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार टावर–२ को भने लोवर बीमको काम अन्तिम चरणमा पुगेको छ ।
मैदानको कामअघि बढाउन माथिल्लो भागको माटो निकालिएको छ । अब छिट्टै पानी निकासका लागि उच्चस्तरीय प्रविधि जडान गर्ने तयारी रहेको यादवले बताउनुभयो ।
आर्थिक अभावका कारण धुर्मुस सुन्तली फाउण्डेशनले काम स्थगित गर्दै स्वामित्व हस्तान्तरण गरेपछि बागमती प्रदेश र सङ्घीय सरकारसँग समन्वयमा भरतपुर महानगरपालिकाले रङ्गशाला निर्माण अगाडि बढाएको हो । नयाँ सम्झौताअनुसार भइरहेको काम हालसम्म १३ प्रतिशत सकिएको भरतपुर महानगरपालिकाका सिनियर डिभिजन इञ्जिनियर सन्तोष आचार्यले जानकारी दिनुभयो ।
रङ्गशाला निर्माणको जिम्मा पाएको हिमालयन कालिञ्चोक बीबीआर जेभीले दुई वटा भीआइपी टावर, १० हजार क्षमताको प्याराफिट, मैदान र पीच निर्माणको काम गर्नेछ । धुर्मुुस सुन्तली फाउण्डेशनले यसअघि नै पाँच हजार क्षमताको प्याराफिट निर्माण गरिसकेकाले यो काम सकिएपछि रङ्गशालाको कूल क्षमता १५ हजार पुग्नेछ ।
गत असार २३ गते रु ७८ करोड ५० लाखमा ३० महिनाभित्रमा काम सक्ने गरी भरतपुर महानगर र निर्माण कम्पनीबीच सम्झौता भएको थियो । सम्झौता मितिभन्दा अगाडि नै काम सक्ने निर्माण कम्पनीको तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति