
सुनसरी । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलकुदको विकासका लागि प्रदेश सरकारले सदैव सहयोग गर्ने बताउनुभएको छ ।
धरान उपमहानगरपालिका–१२ स्थित मेघा हिमालयन कलेजमा आज शुरु भएकोे रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिता उद्घाटन गर्दै उहाँले खेलकुद बोर्डबाट हुन सक्ने सबै सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
‘बजेटले मात्र खेलकुदको विकास हुँदैन, व्यवस्थापन सही हुनुपर्छ, नीति तर्जुमा हुनुपर्ने साथै प्रशिक्षकहरु पनि राम्रो हुनुपर्छ, त्यसका लागि हामी सहयोग गर्छौं’ मुख्यमन्त्री कार्कीले भन्नुभयो ।
स्वर्गीय खेलाडी रेवाहाङ रूछेन्चुङ राईको सम्झानामा विद्यालयस्तरीय तेस्रो यु–१८ धरान मेघा रेवाहाङ मेमारियल अन्तर कलेज बास्केटबल प्रतियोगिता आयोजना गरिएको र प्रतियोगितामा १२ वटा टोली सहभागी रहेको आयोजक मेघा कलेजका अध्यक्ष कैलाश लिम्बूले बताउनुभयो।
विजेता टोलीलाई २५ हजार, उपविजेतालाई १२ हजार ५ सय रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण प्रदान गरिने प्रतियोगिता संयोजक तथा बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राईले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति