
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से परिसूचक उच्च अंकले घटेको छ ।
नेप्से आज ५१ दशमलव ३७ अंकले घटेर २ हजार ६ सय ३० दशमलव ९१ को बिन्दुमा कायम भएको हो । यो एक दशमलव ९१ प्रतिशतले कम हो ।
आज ३ सय ४ कम्पनीको १ करोड २७ लाख ४५ हजार ७ सय ७७ कित्ता शेयर, ६७ हजार ६ सय ४८ पटक खरिदबिक्री हुँदा ५ अर्ब ९३ करोड ५६ लाख ४ हजार ८ सय ४७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै वित्त समूह चार दशमलव ४१ र व्यापार समूह तीन दशमलव ५५ प्रतिशतले घटेको छ । बैंकिङ एक दशमलव ४९, विकास बैंक दुई दशमलव ०३, होटल तथा पर्यटन दुई दशमलव ३१, जलविद्युत् दुई दशमलव ३६, लगानी एक दशमलव ५६ र जीवन बीमा एक दशमलव ८२ प्रतिशत प्रतिशतले घटेको छ ।
उत्पादन तथा प्रशोधन एक दशमलव १६, लघुवित्त एक दशमलव ८६, म्युचुअल फन्ड शून्य दशमलव ९१, निर्जीवन बीमा एक दशमलव ४२ र अन्य समूह एक दशमलव ४५ प्रतिशतले घटेको छ । आजको कारोबारमा दुई सय २७ कम्पनीको शेयर मूल्य घट्दा १५ कम्पनीको शेयर मूल्य मात्रै बढेको छ । कुथेली बुखारी स्मल हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
सबैभन्दा धेरै गुमाउनेमा भने जानकी फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्य नौ दशमलव ५८ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको २६ करोड ४५ लाख ९० हजार ३ सय ३० रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटर शेयर ६ लाख १४ हजार ९६ कित्ता शेयर किनबेच भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति