
चितवन । चितवनलाई जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानीको रूपमा घोषणा गर्न सौराहाका पर्यटन व्यवसायी लागि परेका छन् । यसका लागि रत्ननगर नगरपालिका र बागमती प्रदेश सरकारसँगको छलफल तथा समन्वय भइरहेको हो ।
पुस ११ गतेदेखि हुने १८औँ हात्ती तथा पर्यटन महोत्सव २०८१ को अवसरमा राजधानी घोषणा गर्ने गरी तयारी अघि बढाइएको क्षेत्रीय होटल सङ्घ सौराहाले जनाएको छ ।
महोत्सवका संयोजक रामकुमार अर्यालका अनुसार महोत्सवको उद्घाटन समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले औपचारिक रूपमा घोषणा गर्ने कार्यक्रम रहेको छ । यसका लागि रत्ननगर नगरपालिकाको बोर्ड बैठकले निर्णय गरेर प्रदेश सरकारले राष्ट्रपति समक्ष प्रस्ताव लगेपछि घोषणाको प्रक्रिया शुरू हुनेछ । अहिले यो प्रक्रिया शुरू गरिएको र महोत्सवको अवसरमा घोषणा हुने अपेक्षा गरिएको छ ।
महोत्सवको बारेमा जानकारी दिन आज आयोजना गरिएको पत्रकार सम्मेलनमा संयोजक अर्यालले गत वर्षमा भएका हात्तीदौड तथा हात्तीका छावाको फुटवल प्रतियोगिता यस वर्ष हटाइएको जानकारी दिनुभयो । यस वर्ष हात्तीको शङ्गार प्रतियोगिता, हात्ती वनभोज, हात्तीमैत्री फुटबल पेनाल्टी प्रतियोगिता, हात्ती मैत्री म्युजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण कार्यक्रम गरिने उहाँले बताउनुभयो ।
यस्तै पालिकास्तरीय डुङ्गा दौड प्रतियोगिता, स्वदेशी तथा विदेशी टुर एण्ड ट्राभल एजेन्सीसँग ‘विटुबी’ गोष्ठी, चितवनमा पर्यटनको सम्भावना हिजो र आज विषयक अन्तक्र्रिया जस्ता कार्यक्रमम गरिनेछ । यस महोत्सवमा ८० वटा हात्तीलाई सहभागी गराईने आयोजकले जनाएको छ ।
अहिले पर्यटक कम आउने समय भएकाले पर्यटकलाई आकर्षित गर्नका लागि महोत्सव गर्न लागिएको सङ्घका अध्यक्ष गङ्गा गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रमबाट अहिले भइरहेका पर्यटकभन्दा ३० प्रतिशत बढी पर्यटक आउने अनुमान गरिएको छ ।
अहिले सौराहाका होटलमा ३० प्रतिशत मात्र पर्यटक रहेका छन् । यसलाई बढाउन यो कार्यक्रम फलदायी हुने उहाँले बताउनुभयो । हात्तीलाई पर्यटनसँग जोड्दा विदेशी पाहुनाको बसाइ लम्व्याउन सहज हुने उहाँको भनाइ छ ।
मृगकुञ्ज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले संस्कृति र पर्यटनलाई जोड्न यो महोत्सव सफल हुने बताउनुभयो । हात्तीलाई जबरर्जस्ती विभिन्न खेलमा सहभागी गराइएको भन्दै पशु अधिकारवादीले विरोध गरेपछि सङ्घले कार्यक्रमलाई केही फेरबदल गरेको हो ।
कार्यक्रम निकुञ्जको मध्यवर्ती क्षेत्रसँग जोडिएको चौरमा गर्ने विषयमा पनि केही संरक्षणकर्मीले आवाज उठाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति