
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा चितवन–२ का सांसद रवि लामिछानेले विकास निर्माणमा तीनै तहका सरकारको सहकार्य जरुरी रहेको बताउनुभएको छ । आज चितवन र तनहुँ जोड्ने ठिमुरा पुलको आज स्थलगत निरीक्षणपछि उहाँले सबैको सहकार्यबाट मात्र विकास निर्माण समयमै सम्पन्न हुनसक्ने धारणा राख्नुभयो । उहाँले कुनै दलगत स्वार्थ नहेरी विकास निर्माणमा सबैले पहल गरे सफल हुनेमा उहाँको जोड थियो ।
ठिमुरा पुल बन्न १० वर्ष लाग्नु लज्जाको विषय भएको बताउँदै उहाँले यसबारे आफूले खबरदारी गर्दै आएको दाबी गर्नुभयो । “देशमा विकास आयोजना निकै सुस्तगतिमा निर्माण भइरहेका छन् । ठिमुरा पुल एउटा उदाहरण हो । यो पुल बन्न १० वर्ष कुर्नुपर्ने थिएन”, उहाँले भन्नुभयो । लामिछानेले ठिमुरा पुल निर्माणका लागि यसअघिका सांसद र स्थानीय जनप्रतिनिधिले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।
उहाँले चितवनको सडक निर्माण, खानेपानी र विकासका आयोजनामा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । “पुल, बाटो बनाउन धर्ना र पैदल हिँडेर ध्यानाकर्षण गराउनुपर्ने अवस्था आउनु राम्रो होइन । विकसित देश अन्तरिक्षको विकासमा प्रतिस्पर्धा गर्दैछन् । हामी पानी चाहियो, सडक बन्नुपर्यो भनेर जुलुस, धर्ना र ध्यानाकर्षण गर्दैछौँ”, उहाँले भन्नुभयो ।
त्यस अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवम् तनहुँ क्षेत्र नं १ का सांसद डा स्वर्णिम वाग्लेले आफूहरू देश बनाउने खाका लिएर हिँडेको बताउनुभयो । उहाँले आयोजना अलपत्र हुनु राम्रो प्रणाली बन्न नसक्नुको परिणाम भएको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध