
बाँके । नेपाल पत्रकार महासङ्घ बाँके जिल्ला शाखाको अध्यक्षमा नवीन गिरी निर्वाचित हुनुभएको छ ।
निर्वाचन समितिद्वारा शनिबार सार्वजनिक गरिएको मत परिणामअनुसार गिरीले एक सय १८ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी प्रदीप वाग्लेले ७० मत प्राप्त गर्नुभयो ।
खुला उपाध्यक्ष पदमा रेजिना मल्ल र तिलक गाउँलेबीच बराबरी भएको छ । उहाँहरूले आधाआधा कार्यकाल चलाउने सहमति भएको निर्वाचन अधिकृत केशव कोइरालाले बताउनुभयो ।
उपाध्यक्ष (महिला) मा करुणा शाह, सचिवमा कृष्ण ओली र सहसचिवमा रवीन्द्र सिंह ठकुरी र भगतराम थारु विजयी हुनुभएको छ । कोषाध्यक्ष पदमा सुनिल रेग्मी निर्वाचित हुनुभएको निर्वाचन अधिकृत कोइरालाले बताउनुभयो ।
महिला सदस्यमा रजनीकुमारी योगी, दलित सदस्यमा आशा परियार, आदीवासीरजनजाती सदस्यमा निर्मला चौधरी, मधेशी सदस्यमा यदुराज मिश्र, अन्य समावेशी सदस्यमा सलामत अली शेष, निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
शाखाको खुला सदस्यमा पहलबहादुर केसी, शम्भुप्रसाद थारु, कृष्णराज अधिकारी, रवीन्द्र घिमिरे, समिरमान श्रेष्ठ, सावित्री विश्वकर्मा, सजनकुमार आरसी र धना विष्ट केसी विजयी हुनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति