
ताप्लेजुङ । लिम्बू समुदायले आज चासोक (न्वागी) पर्व मनाउँदै छन् ।
अन्नबाली भित्र्याएपछि पहिलो पटक आफ्ना कूलदेवतालाई पूजा गरी चढाएर लिम्बू समुदायले चासोक तङनाम पर्व मनाउन थालेका हुन् ।
लिम्बूहरूको संस्था किरात याक्थुङ चुम्लुङका जिल्ला सचिव सरोज कङ्लिवाका अनुसार किराँत समुदायमा अन्नबाली भित्र्याएपछि पहिलो पटक आफ्ना कूलदेवतालाई चढाउने परम्परा छ ।
लिम्बू समुदायका हरेक घरमा वर्षभरि उब्जाइएको अन्न कूलदेवतालाई चढाएर मात्र उपभोग गरिन्छ । यो परम्परा धार्मिक विश्वास र सामाजिक सद्भावको प्रतीक मानिन्छ । लिम्बू जातिका चाडपर्व प्रकृति पूजा र कृषिमा आधारित छन् । चासोक तङनाम लिम्बू समुदायको विशेष पर्व हो । यसलाई ‘न्वागी पूजा’भनेर पनि चिनिन्छ ।
यो चाड उद्यौली याममा, अन्नबाली भित्र्याएपछि, देवतालाई धन्यवाद दिने उद्देश्यले मनाइने समुदायका ज्येष्ठ नागरिक बताउँछन् । किराँत याक्थुङ चुम्लुङका अनुसार लिम्बूहरूका आदिम पूर्खाले तागेरा निङ्वाभु माङसँग प्रार्थना गरी खेतीपाती गर्न बीउबिजन प्राप्त गरेका थिए । त्यसयता, अन्न देवतालाई चढाएर मात्र उपभोग गर्ने परम्परा बसालेको लिम्बू समुदायमा जनविश्वास रहिआएको छ ।
लिम्बू समुदायका प्रा अमर तुम्याङहाङका अनुसार चासोक पूजा देवीदेवताको कृपा प्राप्तिका लागि गरिन्छ । परम्परागत रूपमा यो पूजा घरघरमा गरिए पनि अहिले सामूहिक रूपमा चासोक तङनाम मनाउने चलन बढेको उहाँले बताउनुभयो । चासोक तङनाम सामूहिक रूपमा मनाउने क्रममा गाउँगाउँमा सांस्कृतिक कार्यक्रम, मौलिक नृत्य (यालाङ, च्याब्रूङ) र शुभकामना आदानप्रदान गरिने तुम्याङहाङले जानकारी दिनुभयो ।
किराँत समुदायका अन्य शाखामा पनि यो चाड विभिन्न नाम र स्वरूपमा मनाइन्छ । नेपाल सरकारले चासोक तङ्नामका अवसरमा मङ्सिर पूर्णिमाका दिन सार्वजनिक बिदा दिने परम्परा शुरू गरेको छ । पूजामा युमा, थेबा, थङदाङबा, र अन्य देवीदेवतालाई पुजिन्छ ।
पूजा सहजताका लागि सर्वप्रथम ‘मिसेक्पा पूजा’ गरिन्छ, जसले बाधारहित पूजा सम्पन्न हुने विश्वास गरिन्छ ।
किराँत समुदायका पूजारी सुने लिम्बूका अनुसार चासोक तङ्नामले कृषि, धर्म, र सांस्कृतिक एकतालाई प्रतिविम्बित गर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति