+

राष्ट्रपतिद्वारा ५ मुलुकका लागि राजदूत नियुक्त

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच मुलुकका लागि राजदूत नियुक्त गर्नुभएको छ । 


राष्ट्रपतिले प्रकाशमणि पौडेललाई गणतन्त्र पोर्चुगल, सनिल नेपाललाई स्पेन, प्राडा कपिलमान श्रेष्ठलाई गणतन्त्र दक्षिण अफ्रिका, सेवा लम्साललाई बेल्जियम र डा शिवमाया तुम्बाहाङफेलाई गणतन्त्र कोरियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको हो । 

राष्ट्रपति नेपालको संविधान बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उहाँहरुलाई नियुक्त गर्नुभएको शीतल निवासले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट