
काठमाडौँ । बेइजिङका उच्च कूटनीतिज्ञ वाङ यीले आफ्ना इजिप्टका समकक्षीसँग सिरियाको अवस्थाबारे चीनसँग ‘गहिरो चासो’ व्यक्त गर्नुभएको छ ।
इजिप्टका विदेशमन्त्री बद्र अब्देलाटी र वाङले बेइजिङको दियाओयुताई स्टेट गेस्टहाउसमा संयुक्त पत्रकार सम्मेलन गरी ‘रणनीतिक वार्ता’का लागि दुई दिने भ्रमण सम्पन्न गरेका हुन् ।
‘दुवै पक्ष सिरियाको वर्तमान् अवस्थाप्रति चिन्तित छन् र सिरियाको सार्वभौमिकताको सम्मान गर्न आह्वान गर्दछन्’ वाङले पत्रकारसँग भन्नुभयो– ‘आतङ्कवादी र अतिवादी शक्तिहरूलाई अराजकताको फाइदा लिनबाट रोक्न चीनले आग्रह गर्दछ ।’
अपदस्थ सिरियाली राष्ट्रपति बशर अल असदले इस्लामवादी हयात तहरीर अल–शाम (एचटीएस) समूह र यसका सहयोगीहरूको नेतृत्वमा आक्रामक आक्रमणपछि देश छोडेर भागेको सञ्चारमाध्यम तथा विभिन्न मानवअधिकारवादी समूहले बताएका छन् ।
असद प्रशासनको पतनले एक युगको अन्त्य गरेको छ जसमा संदिग्ध विद्रोहीहरूलाई जेलमा राखिएको थियो वा निर्मम यातना दिई हत्या गरिएको थियो ।
करिब १४ वर्षको युद्धको अन्तरालमा पाँच लाखभन्दा बढी मानिसहरूको ज्यान गएको छ र लाखौं विस्थापित भएका छन् ।
‘मध्यपूर्वमा शान्ति र स्थिरता हासिल गर्न हामीले शान्ति र वार्तालाई बढावा दिनुपर्छ भन्नेमा हामी सहमत भयौँ’ वाङले अब्देलाटीसँगको संयुक्त पत्रकार सम्मेलनमा भन्नुभयो । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति