
कञ्चनपुर । वन्यजन्तुलाई पानी पिउनका लागि शुक्लाफाँटा नगरपालिका–२का सामुदायिक वनभित्र तीन वटा कृत्रिम पोखरी निर्माण गरिएका छन् ।
सुनदेवी उपभोक्ता समितिले तराई भूपरिधि कार्यक्रम (ताल) को ३ लाख सहयोगमा वातावरण मध्यवर्ती सामुदायिक वनमा दुई र नागेश्वर मध्यवर्ती सामुदायिक वनभित्र एक गरी तीन वटा कृत्रिम पोखरी निर्माण गरेका हुन् ।
पोखरीमा बाह्रै महिना पानीको व्यवस्था मिलाउन ‘बोरिङ’ जडान गरिएका छन् । निर्माण गरिएका तीन वटै पोखरी ८० हजार लिटर क्षमताका छन् । निर्माण गरिएका पोखरीबाट वन्जयजन्तुलाई सुख्खायाममा पानी पिउन सहज भएको वन उपभोक्ता भरतबहादुर विष्टले बताउनुभयो । पानीको व्यवस्था गरेपछि विगतमा झैँ पानीको खोजी गर्दै बस्तीसम्म जङ्गली जनावर आउने क्रम रोकिएको विष्टको भनाइ छ ।
पोखरी निर्माणले सामुदायिक वनभित्र जङ्गली जनावरको आवतजावत बढेको नागेश्वर मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जयबहादुर ऐरले बताउनुभयो । ‘सुख्खायाममा सामुदायिक वनभित्र पिउने पानी व्यवस्था नहुँदा विगतमा थोरै मात्रै जनावर देखा पर्ने गरेका थिए’ उहाँले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति