
काठमाडौँ। सत्तारुढ दल नेकपा एकीकृत समाजवादी पछिल्लो समय राष्ट्रियसभा निर्वाचनसँँगै महाधिवेशनमा केन्द्रित भएको छ ।
सत्ता गठबन्धन टिकाउन निर्णयक भूमिका खेल्दै आएको एकीकृत समाजवादीको महाधिवेशन आगामी जेठको पहिलो साताको लागि तोकिएको छ । एकीकृत समाजवादीले मातहतका कमिटीलाई महाधिवेशनमा केन्द्रित गर्न थालेको छ । एकीकृत समाजवादी माघ २५ गतेदेखि महाधिवेशन केन्द्रित अभियान सञ्चालन गर्ने भएको छ । आगामी वैशाखसम्म सञ्चालन हुने अभियानअन्तर्गत सङ्गठन सुदृढीकरण, सदस्यता वितरण, राजनीतिक तथा सामाजिक गतिविधिको अभिलेखीकरण, प्रशिक्षणलगायत कार्यक्रम गरिने े एकीकृत समाजवादीले जनाएको छ ।
एकीकृत समाजवादीले महाधिवेशन सफल पार्ने उदेश्यले राष्ट्रियसभा निर्वाचन लगत्तै दोस्रो केन्द्रीय परिषद् बैठक बोलाएको छ । माघ १४ र १५ गते काठमाडौँमा हुने परिषद् बैठकमा सहभागी हुन आउने सबै नेतालाई पार्टी सदस्यता नवीकरण गर्न निर्देशन दिएको छ । विधान संशोधन मस्यौदाबारे छलफल गरिने बैठकमा पार्टीले तयार पारेको विधान संशोधन मस्यौदामा तल्लो कमिटीका सुझाव समावेश गरिनेछ ।
बैठकमा सहभागिताका लागि केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटीलगायत कमिटीमा रहेका नेताले समयमै आफ्नो कार्य क्षेत्रका केन्द्रीय परिषद् सदस्यलाई बैठकबारे जानकारी गराउनुपर्ने प्रावधान राखेको पार्टी कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभएको छ । कार्यालय सचिव श्रेष्ठका अनुसार पार्टीको विधान संशोधनबारे मातहतका प्रदेश र जिल्ला कमिटीबाट सुझाव आएपछि विधान मस्यौदाको अन्तिमरूप दिइने छ । पार्टी केन्द्रले सुझाव सङ्कलनका लागि विधानको मस्यौदा प्रदेश, जिल्ला कमिटीमा पठाइएको छ ।
पार्टी सदस्यता विस्तार तथा सङ्गठन सुदृढीकरण गर्न तल्लो तहलाई निर्देशन दिएको पार्टीले माघ ८ गते विधान मस्यौदा समितिको बैठक बोलाएको छ । एकीकृत समाजवादीले आसन्न राष्ट्रियसभा निर्वाचनमा सत्तारूढ दलका उम्मेदारलाई विजय गराउन पार्टी पङ्क्तिलाई परिचालन गर्न निर्देशन दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति