
काठमाडौँ । क्यालिफोर्नियास्थित भान्डेनबर्ग स्पेस फोर्स बेसमाथि ड्रोन उडाएको आरोपमा एक चिनियाँ नागरिकमाथि अभियोग लगाइएको अमेरिकी न्याय मन्त्रालयले बुधबार जनाएको छ ।
सान फ्रान्सिस्कोबाट चीन जाने विमानमा चढ्ने तयारीमा रहेका ३९ वर्षीय यिन पियाओ झोउलाई पक्राउ गरिएको अधिकारीहरूले बताएका छन् ।
अमेरिकी महान्यायाधिवक्ता मार्टिन एस्ट्राडाले भन्नुभयो, “ती प्रतिवादीले अमेरिकी कानुनविपरीत सैन्य अखडामाथि ड्रोन उडाएका र शिवरको आधारको फोटो खिचेका थिए।”
उहाँले भन्नुभयो– ‘हाम्रो राष्ट्रको सुरक्षा सर्वोपरि महत्वको छ र मेरो कार्यालयले हाम्रो देशको सैन्य कर्मचारी र सुविधाहरूको सुरक्षामा वृद्धि गर्नेछ ।’
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले बिहीबार नियमित पत्रकार भेटमा यस सम्बन्धमा ‘सोधिएको प्रश्नमा आफूलाई जानकारी नभएको’ बताउनुभएको छ ।
चार्जिंग डकुमेन्टका अनुसार भ्यान्डेनबर्गमा रहेको डिटेक्सन सिस्टमले नोभेम्बरको अन्त्यमा १।६ किलोमिटर माथि उडेको ड्रोनलाई ‘ट्र्याक’ गरेको थियो ।
एलोन मस्कको स्पेसएक्स फाल्कन ९ रकेटका साथै क्षेप्यास्त्र परीक्षणसहित अन्तरिक्ष मिसनको प्रक्षेपण स्थलमा रहेका सुरक्षाकर्मीले झोउलाई उनको ज्याकेटमा लुकेको उपकरण (ड्रोन) सहित नजिकैको सार्वजनिक पार्कमा फेला पारेका थिए । अमेरिकी अधिकारीहरूले ड्रोनको जाँच गर्दा त्यसमा हवाई अडडाका तस्वीरहरू थिए ।
न्याय मन्त्रालयका अनुसार झोउ चिनियाँ नागरिक हुनुहुन्छ र संयुक्त राज्य अमेरिकाको वैध स्थायी बासिन्दा हनुहुन्छ । उहाँ फेब्रुअरीसम्म चीनमा हुनुहुन्थ्यो ।
सान फ्रान्सिस्कोको एक अदालतमा मङ्गलबार उपस्थित हुँदा झोउले यातायात सेवा प्रदान नगर्ने विमान दर्ता गर्न असफल भएको र राष्ट्रिय प्रतिरक्षा हवाई क्षेत्रको उल्लङ्घन भएको स्वीकार्नु भएको थियो ।
उनलाई आगामी केही हप्तामा लस एन्जेल्सस्थित अमेरिकी जिल्ला अदालतमा उपस्थित गराइने बताइएको छ ।
झोउलाई जमानतमा रिहा गर्ने अदालतको निर्णयविरुद्ध अभियोजकहरूले अपिल नगरेसम्म उहाँ हिरासतमा रहनुहुनेछ ।
वासिङ्टन र बेइजिङबीच नाटकीय रूपमा तनाव बढाउने राष्ट्रिय सुरक्षा घटनाको दुई वर्ष नबित्दै यो घटना भएको हो ।
सन् २०२३ को शुरुमा संयुक्त राज्य अमेरिकाले संवेदनशील अमेरिकी सैन्य प्रतिष्ठानहरूभन्दा माथि उडेको जासुसी बेलुन पत्ता लगाएको थियो र यसलाई गोली हानी खसालेको थियो ।
यस घटनाले चीनले महत्वपूर्ण गुप्तचरलाई अमेरिकाविरूद्ध प्रयोग गरिरहेको छ भन्ने चिन्ता उत्पन्न गरेको अमेरिकी अधिकारीहरूले बताएका छन् । बेइजिङले भने यो एक निजी हवाई उपकरण (जहाज) भएको बताएको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति