
सप्तरी । जिल्लाको बोदेबरसाइन नगरपालिका–५ मा १५ शय्याको अस्पताल निर्माण गर्न आज भवनको शिलान्यास गरिएको छ ।
शत्रुध्न हस्पिटल नजिकै रहेको सार्वजनिक जग्गामा १५ शय्याको आधारभूत अस्पताल निर्माण थालनी गर्न भवन शिलान्यास गरिएको हो ।
तेह्र कठ्ठा क्षेत्रफलमा १९ करोड ६२ लाख ४५ हजार २७ रुपैयाँमा अस्पताल निर्माण हुन लागेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक राजनारायण ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार नगरप्रमुख आतेशकुमार सिंहको प्रमुख अतिथिमा भवन शिलान्यास गरिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर पाँच, १० र १५ शय्यासम्मको अस्पताल नभएका स्थानीय तहमा भवन बनाउने योजना बनाए अनुसार बोदेबरसाइनमा निर्माण प्रक्रिया अघि बढेको संयोजक ठाकुरले बताउनुभयो । अस्पताल सञ्चालनमा आएपछि सामान्य बिरामी हुँदा पनि पालिकाबाहिर पठाउनुपर्ने बाध्यता अन्त्य हुने उहाँको भनाइ छ ।
विसं २०८४ मङ्सिरसम्ममा सम्पन्न गर्नेगरी भवन निर्माणको जिम्मा काभ्रेको न्यू ड्राइगन निर्माण सेवा प्रालिलाई दिइएको नगर कार्यालयले जनाएको छ । भवन शिलान्यास कार्यक्रममा उपप्रमुख रेणुकुमारी साह, वडाध्यक्ष मोमोजिबुर रहमान, राजकुमार यादव, तपसी यादव, नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि, स्वास्थ संयोजक ठाकुरलगायत स्थानीयको उपस्थिति थियो ।
तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नीति योजना महाशाखाले सहमति दिएपछि सोही अनुसार कार्य भइरहेको नगरपालिकाका इञ्जिनीयर दिनेश ठाकुरले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति