
महोत्तरी । सधैँ अरुका खबर लेख्ने पत्रकार अहिले आफैँ खबर बनेका छन् । नेपाल पत्रकार महासङ्घको केन्द्र, प्रदेश, जिल्लाशाखा र प्रतिष्ठान शाखाहरुको भोलि हुने निर्वाचनले उनीहरू खबरमा छाएका हुन् ।
मधेसका पत्रकार मात्र होइन देशभरका सञ्चारकर्मी अहिले चुनावमा व्यस्त छन् । बुद्धिजीवी, विश्लेषक र पत्रकारिताक्षेत्रसँग चासो राख्ने सबैबीच चुनावको चर्चा छ ।
महासङ्घ केन्द्रीय समितिका पदाधिकारी र विभिन्न क्षेत्र (क्लष्टर) बाट प्रतिनिधित्व हुने केन्द्रीय सदस्यका लागि उमेद्वारहरु समूहमा र एक्लाएक्लै भोट माग्दै हिँडेका छन् ।
मधेस प्रदेशमा केही स्वतन्त्रसहित तीन समूह चुनावी प्रतिस्पर्धामा छन् । वर्तमान प्रदेश महासचिव पर्साका श्याम वञ्जारा, सप्तरीका अवधेश झा र धनुषाका नवलकिशोर यादवसहित तीन समूह चुनावी मैदानमा छन् । यीमध्ये वञ्जारा नेतृत्वको समूह नेपाल प्रेस युनियन र प्रेसचौतारी नेपालको गठबन्धनको हो । यसैगरी झालाई प्रेस सेन्टर नेपाल, नेपाल प्रेस मञ्च र समाजवादी प्रेस सङ्गठन समर्थन छ । यद्यपि उम्मेदवार यादवले आफ्नो समूहलाई स्वतन्त्र दाबी गर्नुभएको छ । मधेशका आठ जिल्लामा महासङ्घका ७७२ सदस्य छन् । यी सदस्यमध्येका मतदातालाई मनाउन उम्मेदवारहरुको घरदैलो सकिएको छैन ।
यो निर्वाचनमा पत्रकारका सङ्गठनहरुले अघिल्लो चुनावभन्दा फरक गठबन्धन गरेका छन् । नेपाल प्रेस युनियन र प्रेसचौतारी नेपाल एउटा गठबन्धनमा छन् ।
प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस सङ्गठन र प्रेस मञ्च नेपालसहितका सङ्गठनले अर्को गठबन्धन गरेका छन् । केन्द्रदेखि जिल्लासम्म यो गठबन्धनको प्रभाव देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति