
समझदारी पत्रमा कुनै विशिष्ट क्षेत्रमा सहकार्यको लागि, दुवै पक्षले सम्झौता वा अन्य सहकार्यका दस्तावेजमा हस्ताक्षर गर्ने उल्लेख छ । त्यस्तै दुई पक्षबीच सहयोग र वार्ता सञ्चालन गर्दा साझा विकासका लागि संयुक्त परामर्श, अर्थपूर्ण प्रभावका लागि व्यावहारिक सहयोग, लगानी वृद्धिका लागि नीतिगत वातावरणमा सुधार, सम्भाव्य परियोजनाको कार्यान्वयनका लागि वार्ता गर्न संरचित मार्गदर्शन प्रदान गरी समझदारीपत्रलाई प्रभावकारी तुल्याउन दुवै पक्षले साझा गरेको पारस्परिक हितलाई महसुस गर्ने सिद्धान्त अपनाइने उल्लेख छ ।
समझदारीपत्रमा सहयोगको क्षेत्रको परिधिभित्र पर्ने परियोजनाको पहिचान र विकास गर्ने, वित्तीय तथा प्राविधिक स्रोतको बाँडफाँट, वित्तपोषणको व्यवस्था, खरिद विधि, कार्यान्वयन र कार्यान्वयनका लागि जिम्मेवार निकायको पदनामजस्ता क्षेत्रमा वार्ताको माध्यमबाट परियोजनाको विकासलाई सहजीकरण र तीव्रता दिने उल्लेख छ ।
यसैगरी आर्थिक सहयोग, वित्तीय क्षेत्रको सहयोग, यातायात, सम्पर्क र लजिस्टिक्स सहकार्य, व्यापार, औद्योगिक क्षमता र लगानी सहकार्य, भन्सार सहयोग विषयमा सहकार्यमा आधारित रहेर दुवै पक्षले सहयोगलाई प्रगाढ बनाउन प्रोत्साहित गर्ने उल्लेख छ ।
नेपाल र चीनबीच सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै परम्परागत मित्रता रहँदै आएको छ । दुई देशले द्विपक्षीय कूटनीतिक सम्बन्ध, पारस्परिक लाभकारी आर्थिक सहयोग र जनस्तरको घनिष्ठ आदानप्रदानमा निरन्तर प्रगति हासिल गरेका छन् । सन् २०१७ मे १२ का दिन चीन सरकार र नेपाल सरकारबीच ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ अन्तर्गत सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति