
चीन । सिरिया जतिसक्दो चाँडो स्थिरतामा फर्कने अपेक्षा गरेको छ ।
कुर्दिस इस्लामिक समूह नेतृत्वको विद्रोहीले दमास्कस कब्जा गरेको र राष्ट्रपति बसर अल असदलाई भागेको घोषणा गरेपछि चीनको विदेश मन्त्रालयले सिरिया ‘जतिसक्दो चाँडो स्थिरतामा फर्कने’ आशा व्यक्त गरेको हो ।
‘बेइजिङले सिरियाको अवस्थालाई नजिकबाट नियालिरहेको छ र सिरिया जतिसक्दो चाँडो स्थिरतामा फर्कने आशा गरेको छ– ‘चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
‘चीन सरकारले सिरिया छोड्न चाहने चिनियाँ नागरिकलाई सुरक्षित र व्यवस्थित तरिकाले सक्रिय रूपमा सहयोग गरेको छ र उनीहरूसँग सम्पर्क कायम राखेको छ’ मन्त्रालयले भनेको छ।
‘हामी सम्बन्धित सिरियाली पक्षलाई सिरियामा रहेका चिनियाँ संस्था र कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न व्यावहारिक कदम चाल्न आग्रह गर्दछौँ विज्ञप्तिमा भनिएको छ ।
‘अहिले सिरियामा रहेको चिनियाँ दूतावास हाम्रो अझै राम्रो सम्पर्क छ र हामी आवश्यक परेका चिनियाँ नागरिकलाई पूर्ण सहयोग जारी राख्नेछौँ’ उहाँले भन्नुभयो ।
हालैका वर्षहरूमा रूस र इरान सिरियाका निकटतम समर्थक रहेका छन् भनेपछिल्लो समय सिरियासँग चीनको सम्बन्ध पनि बढेको छ ।
सन् २०११ मा सिरियाको गृहयुद्ध सुरु भएयता असदले भ्रमण गरेका मध्यपूर्वबाहिरका केही देशमध्ये चीन पनि एक हो ।
सन् २०२३ को उक्त भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङ र असदले दुई देशबीच ‘रणनीतिक साझेदारी’ को घोषणा गरेका थिए ।
तर विद्रोहीको आक्रमणले देशभरि नै व्यापकता ल्याएपछि दमास्कसस्थित चिनियाँ दूतावासले बिहीबार आफ्ना नागरिकलाई ‘जतिसक्दो चाँडो’ सिरिया छाड्न आग्रह गर्दै जरूरी सूचना पठाएको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति