
काठमाडौँ । संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्ले कोलम्बियाको शान्ति प्रक्रियाका लागि पूर्ण तथा सर्वसम्मत समर्थन दोहोर्याउने भएको छ ।
बिहीबार जारी विज्ञप्ति अनुसार परिषद्का सदस्यहरूले कोलम्बियामा सन् २०१६ को अन्तिम शान्ति सम्झौताको व्यापक कार्यान्वयन सुनिश्चित गर्नेुपर्ने महत्वलाई प्रकाश पार्दै स्थानीय निर्वाचनपछि भएको प्रगतिको प्रशंसा गरेका छन् ।
उनीहरूले शान्ति प्रवद्र्धन गर्न नवनिर्वाचित अधिकारीहरूको महत्वपूर्ण भूमिका तथा शान्ति प्रक्रियामा विविध पृष्ठभूमिका महिलाको पूर्ण समान अर्थपूर्ण र सुरक्षित सहभागितामा जोड दिएका छन् । ग्रामीण सुधारका प्रावधानमा आएको परिवर्तनको प्रशंसा गर्दै परिषद्ले किसान र जातीय समुदायमा भूमि वितरणमा भएको प्रगति र व्यापक पुनः एकीकरण कार्यक्रम अपनाएको स्वीकार गरेको छ । सदस्यहरूले पूर्व लडाकूहरू र सामाजिक नेताहरूले सामना गरिरहेका खतरा र हिंसाको बारेमा पनि चिन्ता व्यक्त गरेका छन् ।
महिला नेताहरू र मानव अधिकार रक्षकको सुरक्षाका लागि व्यापक कार्यक्रमको योजना तथा कार्यान्वयनको आवश्यकतामा जोड दिए । शान्ति सम्झौताको जातीय अध्यायप्रति कोलम्बिया सरकारको प्रतिवद्धतालाई परिषद्ले स्वागत गरेको छ । सन् २०२६ सम्ममा ६० प्रतिशत कार्यान्वयन हुने अपेक्षा गरेको छ ।
यसबाहेक, उनीहरूले महिला, शान्ति र सुरक्षामा संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्ताव १३२५ कार्यान्वयन गर्न कोलम्बियाको पहिलो राष्ट्रिय कार्य योजना पूरा हुने अनुमान गरेका छन् ।परिषद्ले शान्ति सम्झौताको व्यापक कार्यान्वयनलाई समर्थन गर्न कोलम्बियासँग नजिकबाट काम गर्ने आफ्नो समर्पणलाई दोहोर्याउदै दुवै पक्षको प्रतिबद्धतालाई जोड दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति