
म्याग्दी । बेनी–पुलाचौर पाँच किलोमिटर सडक ८२ लाख रुपैयाको लागतमा पक्की बनाइएको छ ।
बेनी– अर्थुङ्गे–बाँसबोटसम्म पाँच किलोमिटर खण्डमा कालोपत्र र ढलान भएको हो । बेनी नगरपालिकाका प्रमुख सुरत केसीका अनुसार यो सडक स्तरोन्नतिका लागि १ करोड ८० लाख रुपैयाँ विनियोजन भएको थियो । बाँसबोटमा तीन सय ३० मिटर सडक प्रिमिक्स कालोपत्र र एक सय मिटर ढलान भएको छ ।
एकपाटे, अबेचौर र पुरुण्डी क्षेत्रमा चार सय मिटर ढलान र बेनीको हुलाकचोकदेखि सङ्गमचोकसम्मको एक सय ३० मिटर सडक प्रिमिक्स कालोपत्र भएको छ ।
बेनी–पाखापानी सडक योजनामा विनियोजन भएको ३करोड बजेट मध्ये १ करोड ५० लाख रुपैयाँको लागतमा कुरिलाखर्क र अर्थुङ्गेको घुम्तीमा स्तरोन्नति गरिने नगरप्रमुख केसीले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति