
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मध्यराति गाडीमा राखेर चितवनबाट पोखरा लगिएको घटनाको छानविन गर्न राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ ।
अस्वस्थ अवस्थामा जबरजस्ती गाडीमा राखेर बुधबार राती लामिछानेलाई प्रहरीले चितवनबाट पोखरा लगेको थियो । भोलिपल्ट मात्र पोखरा लगिने भन्दै आफन्त र कानून व्यवसायीलाई झुक्याएर पोखरा लगिएको थियो ।
सो घटनाको छानविन माग गरी लामिछाने पत्नी निकिता पौडेलले मानव अधिकार आयोगका सचिव मुरारी खरेललाई भेटेर लिखित उजुरी दिनुभएको छ ।
सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको आरोपमा २ कात्तिकदेखि लामिछाने प्रहरी हिरासतमा हुनुहुन्छ । उहाँलाई विभिन्न जिल्लामा लगेर प्रहरीले अनुसन्धान गरिरहेको छ । सरकारको दबाबमा प्रहरीले उहाँलाई आफन्तसँग भेटघाट गर्न र कुरा गर्न समेत नदिएको रास्वपा नेताहरूको आरोप छ ।
उता, राष्ट्रिय मानव अधिकार आयोगको पोखरास्थित कार्यालयका प्रतिनिधिले शुक्रबार प्रहरी कार्यालयमा गएर लामिछानेलाई भेटेका छन् । भेटमा लामिछानेले चितवन प्रहरीले आफुमाथि अमानवीय व्यवहार गरेको भन्दै त्यसको वास्तविकता छानविन गर्न आग्रह गरेकको राष्ट्रिय मानव अधिकार आयोग प्रतिनिधिहरुको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति