
काठमाडौँ । स्वीडेन र डेनमार्कबीच सैन्य सवारी साधनका लागि २ अर्ब ३० करोड डलरको सम्झौता भएको छ ।
युक्रेनलाई अनुदान दिएपछि आफ्नो भण्डार पुनःपूर्ति गर्न स्वीडेन र डेनमार्कबीच २ सय ५ बख्तरबन्द लडाकू सवारी साधनका लागि स्वीडेनको एक सैन्य उपकरण निर्माताकम्पनीसँग सम्झौतामा हस्ताक्षर गरेको हो । माग गरिएका २०५ थान सीभी ९० गाडीमध्ये ११५ डेनमार्क, ५० स्वीडेन र ४० युक्रेनमा डेलिभरी गरिने स्वीडेन सरकारले जनाएको छ ।
बीएई सिस्टम्स ह्याग्लुन्ड्ससँग २।३ अर्ब अमेरिकी डलरको सम्झौता भएको छ, जुन पहिले स्वीडेन र डेनमार्कले दान गरेको रकमबाट वित्तपोषित हुनेछ । स्वीडेनका रक्षामन्त्री पाल जोन्सनले भन्नुभयो– ‘यी लगानीले युरोप र विशेष गरी युक्रेनलाई सुरक्षित बनाउन सम्भव बनाउनेछ ।’
चेक गणतन्त्र, डेनमार्क, इस्टोनिया, फिनल्यान्ड, नेदरल्याण्ड्स, नर्वे, स्लोभाकिया, स्वीडेन, स्विट्जरल्याण्ड र युक्रेन गरी १० वटा देशमा सीभी ९० लडाकू सवारी साधन छन् । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति