
चितवन । भरतपुर अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीहरूलाई उपचारसँगै योग कक्षा सञ्चालनमा ल्याइएको छ । मङ्सिर ७ गतेदेखि अस्पतालले योग कक्षा सञ्चालनमा ल्याएको हो ।
अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाका अनुसार अस्पतालमा भर्ना भएका बिरामी र तीनका आफन्तहरूलाई योग, प्रणायम, योगासन र मेरिटेसनका कक्षा सञ्चालन भइरहेका छन् । बिहान ७ बजेदेखि ९ः३० बजेसम्म योग कक्षा सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
अहिले दैनिक २० देखि २५ जनाले यो कक्षामा सहभागिता जनाउने गरेका प्रवक्ता डा सापकोटाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘अस्पतालमा उपचारका लागि लामो समयसम्म बस्नुपर्ने बिरामी र कुरुवालाई लक्षित गरी निःशुल्क रूपमा यो सेवा दिइएको हो ।’
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्ण पौडेलले योग कक्षा बिरामी र बिरामीका आफन्तलाई मात्रै नभएर बिस्तारै कर्मचारीहरूलाई पनि दिइने बताउनुभयो । शुरुवातमा मेडिकल वार्डका बिरामीलाई योग कक्षामा जोडिएको भन्दै उहाँले बिस्तारै शल्यक्रिया गरेकाबाहेक अन्य बिरामी र तीनका आफन्तलाई पनि जोड्ने बताउनुभयो ।
मेडिकल सुपरिटेन्डेन्ट डा पौडेलले भन्नुभयो– ‘उपचार भनेको सुई लगाउने र औषधि खुवाउने मात्रै नभएर यसमा योग र नियमित व्यायाम पनि पर्दछन् ।’ योगले मानिसलाई फूर्तिलो बनाउने र उपचारमा समेत सहयोगी बन्ने उहाँले बताउनुभयो । अस्पतालको बसाई छोटो बनाउन पनि योग आवश्यक हुने उहाँको भनाइ छ ।
अहिले अस्पतालले निःशुल्क नाम दर्ता र कक्षा सञ्चालन गर्दै आएको छ । डा पौडेलले भन्नुभयो– ‘अस्पतालका कर्मचारी एक जना योग सिकेर आउनुभएको छ । अहिले उहाँले कक्षा सञ्चालन गर्दै हुनुहुन्छ ।’
बिस्तारै आयुर्वेद अस्पताल, पतञ्जली जस्ता संस्थासँग जोडिएर यस्ता कक्षा नियमित रूपमा सञ्चालन गरिने उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति