
काठमाडौँ । चीन भ्रमणममा रहनुभएका पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित झलनाथ खनाल र जनवादी गणतन्त्र चीनका उपप्रधानमन्त्री दिङ छुएश्याङबीच भेटवार्ता भएको छ ।
उहाँहरुबीच आज बेइजिङस्थित ग्रेट हल अफ द पिपलमा भेटवार्ता भएको हो । भेटवार्तामा पूर्वप्रधानमन्त्री खनालले आधुनिककरणको प्रक्रियाबाट चीनले गरेको विकास तथा आर्थिक प्रगतिको सराहना गर्नुभयो । चिनियाँ उपप्रधानमन्त्री छुएश्याङले चीन बहुध्रुवीकरण र न्यायपूर्ण तथा समानतापूर्ण विश्व व्यवस्थाको पक्षमा रहेको उल्लेख गर्दै विश्वशान्ति, शान्तिपूर्ण सहअस्तित्व र विकास तथा समृद्धितर्फ सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
चाइना इन्स्टिच्युट फर इनोभेसन एण्ड डेभलपमेन्ट स्ट्राटेजी, चाइनिज पिपुल्स इन्स्टिच्युट अफ फारेन अफेयर्स र ग्वाङ्झाउ प्रान्तिय जनसरकारको संयुक्त आयोजनामा ग्वाङ्झाउमा आयोजित अन्डरस्ट्यान्डिङ चाइना कन्फरेन्समा सहभागी हुन गत शनिबार ग्वाङ्झाउ पुग्नुभएका पूर्वप्रधानमन्त्री खनालले चीनको टेलिभिजन नेटवर्क (सिजीटीएन) सँग अन्तर्वार्ताका क्रममा नेपाल–चीन सम्बन्ध, बीआरआई परियोजना र आफू सहभागी भएको अन्डरस्टाण्डिङ चाइना कन्फरेन्सका बारेमा चर्चा गर्नुभएको थियो ।
पूर्वप्रधानमन्त्री खनाल मङ्सिर २२ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको एकीकृत समाजवादीका विदेश विभाग सचिव शङ्कर खतिवडाले जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति