
काठमाडौँ । फ्रान्सका प्रधानमन्त्री मिचेल बार्नियरले पदबाट राजीनामा दिनुभएको छ ।
प्रधानमन्त्री बार्निएरले संसदमा अविश्वासको प्रस्तावविरूद्ध बहुमत पुष्टि गर्न नसकेपछि राजीनामा दिनुभएको हो । उहाँ बिहीबार इमानुएल म्याक्रोँलाई भेटी राजिनामा दिएको हो । तर उहाँलाई अर्को व्यवस्था नभएसम्म कामचलाउ प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्न राष्ट्रपति म्याक्रोँले आग्रह गर्नुभएको छ ।
समकालीन फ्रान्सको सबैभन्दा छोटो सेवा गर्ने प्रधानमन्त्री बनेका बार्नियर राजीनामाको औपचारिकताका लागि स्थानीय समयानुसार बिहान ९ बजे ‘एलिसी प्यालेस’ पुग्नुभएको थियो । बुधबार बहुमत सांसदले वामपन्थी समूहले प्रस्ताव गरेको अविश्वासको प्रस्तावलाई समर्थन गरेका थिए । मरिन ले पेनको नेतृत्वमा रहेको गठबन्धनले प्रस्तावको समर्थनमा मत दिएको थियो ।
प्रधानमन्त्री बार्नियरले संसदीय समर्थन विनै संविधान प्रदत्त विशेष अधिकार प्रयोग गर्दै ‘सामाजिक सुरक्षा वित्तीय योजना’ विधेयकलाई पारित गर्न खोजेपछि विपक्षी चरम दक्षिणपन्थी दल नेशनल -याली र वामपन्थी दल न्यू पपुलर फ्रन्टले उहाँ विरुद्ध अविश्वासको प्रस्ताव ल्याएका थिए ।
राष्ट्रपति म्याक्रोँले स्थानीय समयअनुसार राति ८ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँको कार्यालयले जनाएको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति