
काठमाडौँ । छिमेकी मुलुक चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किनुभएको छ । प्रधानमन्त्री ओली चीनको ४ दिने औपचारिक भ्रमण पूरा गरी आज दिउँसो काठमाडौँ आइपुग्नु भएको हो ।
प्रधानमन्त्री ओली चीन सवार हिमालय एयरलाइन्सको हवाईजहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि अन्य सबै उडान–अवतरण बन्द गरिएको थियो । प्रधानमन्त्री ओली हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट चीन भ्रमणमा गएर काठमाडौँ फर्किन भएको हो ।
प्रधानमन्त्री ओली बेइजिङमा रहँदा चीनका राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली छ्याङ लगायतसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको थियो । प्रधानमन्त्रीको भ्रमणमा नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर समेत भएको छ ।
प्रधानमन्त्री ओलीले चीन भ्रमणका उपलब्धिबारे विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुहुने भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति