+

उदयपुरमा आगलागी, पाँच लाखको क्षति

उदयपुर । त्रियुगा नगरपालिका–११ स्थित हिमाली टोलको एक घरमा बुधबार मध्यराति आगलागी हुँदा ५ लाख रुपैयाँ बराबरको धनमाल जलेको छ ।
 
जिल्ला प्रहरी कार्यालयका अनुसार होमबहादुर दाहालको घरमा विद्युत् सर्ट भई आगालागी हुँदा लत्ताकपडा,सुनचाँदी लगायत ५ लाख रुपैयाँ बराबरका सामान नष्ट भएको हो । घरमा आगो लागेको जानकारी प्राप्त हुनासाथ नगरपालिकाको दमकल प्रयोग गरी आगो निभाइएको थियो । 

आगो निभाउन प्रहरी कर्मचारी र स्थानीय खटेका  थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट