
म्याग्दी । मालिका गाउँपालिका–७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयले जेहेन्दार विद्यार्थीलाई निःशुल्क शिक्षा उपलब्ध गराउने उद्देश्यले स्थापना गरेको अक्षयकोषमा ७४ लाख रुपैयाँ सङ्कलन भएको छ ।
गत कात्तिक १७ गते शिक्षालयले स्थापनाको घोषणा गरेको किसानी सञ्जीवनी अक्षयकोषमा ७३ लाख ६७ हजार ५ सय ७२ रुपैयाँ सङ्कलन भएको शिक्षालयका प्राचार्य जङ्गबहादुर गर्बुजाले जानकारी दिनुभयो ।
विसं २०६८ मा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्सि (टिइभिटी) बाट सम्बन्धन प्राप्त गरी २९ महिने कनिष्ठ प्राविधिक सहायक (जेटिए) कोर्ष शुरु गरेको यो शिक्षालयमा २०७२ सालदेखि ३ वर्षे डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) र ३ नवर्षे पशुविज्ञान पठनपाठन पनि शुरु भएको छ ।
बाली विज्ञान र पशु चिकित्सा (भेटेरिनरी) अध्ययनका लागि यहाँ आउने विद्यार्थीहरुको सङ्ख्या बढ्दै गएको शिक्षालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति