+

रविलाई राति नै पोखरा लगियो

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई चितवनबाट राति नै पोखरा पुर्‍याइएको छ। चितवनमा आन्दोलन चर्किने सम्भावना देखेपछि प्रहरीले  लामिछानेलाई राति नै पोखरा पर्‍याएको हो । 

सहारा चितवन सहकारी ठगी प्रकरणमा चितवन प्रहरीले सरकारी वकिलसमक्ष बयान लिइसकेपछि प्रतिनिधि सभा सदस्यसमेत रहेका रविलाई गएराति नै पुनः कास्की जिल्ला प्रहरीको हिरासतमा लगिएको हो।  

कास्की प्रहरी प्रवक्ता, डीएसपी वसन्तकुमार शर्माले रास्वपा सभापति लामिछानेलाई नै राति नै पोखरा ल्याइएको जानकारी दिनुभयो ।

सरकारी वकिलको कार्यालय चितवनमा बुधबार राति साढे ९ बजे बयान सकिएपछि रविलाई जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा लगिएको थियो। त्यसपछि उहाँलाई गाडीमार्फत पोखरा राति नै पोखरा पुर्‍याइएको हो। 

पोखराको सूर्यदर्शन सहकारी ठगीअन्तर्गत संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेतको मुद्दामा कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछानेलाई स्वर्णलक्ष्मी सहकारीबारे बयान लिन यही मंसिर १३ गते काठमाडौँ ल्याइएको थियो।   

गत कात्तिक २ गते काठमाडौँमा पक्राउ गरी पोखरा (कास्की) लगिएका लामिछानेलाई जिल्ला अदालत कास्कीले पछिल्लो (पाँचौँ) पटक मंसिर ९ गते १५ दिन हिरासत म्याद थपेको थियो। उक्त म्याद अब मंसिर २३ गते सकिँदै छ। 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट