
पर्सा। पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) अध्यक्ष तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनालाई सानो पाइला सहकारीको बचत अपचलनका विषयमा अनुसन्धान गर्नका लागि पक्राउ पुर्जी जारी गरेको छ ।
अदालतले आज रास्वपाका अध्यक्ष लामिछाने, गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष छविलाल जोशीसहित १४ जनालाई पक्राउ गरेर अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय पर्सालाई अनुमति दिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले पर्सा जिल्ला अदालतले सानो पाइला सहकारीको बचत रकम अपचलनका विषयमा अनुसन्धान गर्नका अनुमति दिएको जानकारी दिनुभयो ।
“अदालतले लामिछानेसहितका १४ जनालाई पक्राउ पुर्जी जारी गरेर अनुसन्धान गर्नका लागि अनुमति दिएको छ”, उहाँले भन्नुभयो, “अदालतले अनुमति दिएकाहरूलाई कानुनी प्रक्रियाअनुसार पक्राउ गरेर आवश्यक अनुसन्धान अगाडि बढाउनेछौँ ।”
तत्कालीन समयमा लामिछाने प्रबन्ध निर्देशक रहेको समयमा सानो पाइला सहकारीबाट करिब आठ करोड रकम गोर्खा मिडिया नेटवर्कमा गएको बताइएको छ । कास्की, रूपन्देही, काठमाडौँ र चितवन जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेर जिल्लाजिल्लामा बयान लिनेक्रम जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति