
काठमाडौँ। मनसुनी विपद्बाट क्षति भएको बिपी राजमार्गको विस्तृत प्राविधिक प्रतिवेदन चाँडै नै तयार गर्नेगरी अध्यायन अगाडि बढाइएको छ । गत असोजमा गएको भीषण बाढी र पहिरोबाट सिन्धुली, रामेछाप, दोलखा, ओखलढुङ्गालगायत जिल्लामा पुग्ने यातायातको मुख्य आधारका रूपमा रहेको बिपी राजमार्गको विभिन्न भागमा सामान्य क्षतिसँगै रोशी आसपासका करिब १० किमि पूर्णरूपमा क्षति पुगेको थियो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दसैँ अघिनै यातायात सञ्चालन गर्न पहल गर्नुभएको थियो । यातायात सञ्चालन भएसँगै उक्त राजमार्ग वर्षायाममा पनि सञ्चालन हुनेगरी हाल प्राविधिक अध्यायनलाई अगाडि बढाइएको छ ।
सडक विभागले हाल भकुण्डेबेसीबाट नेपालथोकसम्मको करिब ३० किमी सडकको स्तरोन्नतीसँगै पुनःनिर्माणको प्रक्रियाको काम अगाडि बढाउने तयारी गरेको छ । सडकको स्तरोन्नती र पुनःनिर्माणको लागि विभागले परामर्शदाताको रूपमा ‘रिप्पल ट्रेनिङ्ग एण्ड कन्सल्टिङ्ग सर्भिसेज’ सँग सम्झौता गरी विस्तृत प्राविधिक प्रतिवेदन तयारको काम अघि बढाइको छ । परामर्श दाताले मौजुदा प्रतिवेदनसमेत तयार गरिसकेको र सोको ‘फिल्ड भेरिफिकेसन’ समेत सम्पन्न गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, विभागका महानिर्देशक रामहरी पोख्रेल, उप–महानिर्देशक अर्जुन अर्याल,सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका सहसचिव सुभराज न्यौपाने, भक्तपुर डिभिजन प्रमुख सिडिई सुमन योगेश, खुर्कोट डिभिजन प्रमुख सिडिई पारसमणी हमाल, ई. दुर्गाप्रसाद एवं परामर्श दाताबाट डिजाईनका टिम लिडर तथा ट्रान्स्पोर्टेसन ईन्जिनियर अमित प्रसाद तिमल्सेना, ई. राजेन्द्र पौडेल लगायतको टोलिले निरिक्षण गरी आवश्यक परिमार्जनको लागी छलफल समेत सम्पन्न गरेको छ ।
अनुगमनपछि सचिव शर्माले आवश्यक परिमार्जन गरी विस्तृत प्राविधिक प्रतिवेदन तयार गर्न र वर्षाको समयमा यातायात सञ्चालन गर्नेगरी आवश्यक कार्य चाँडो सम्पन्न गर्न निर्देशन दिनुभयो । चौकीडाँडा क्षेत्रको थप अनुसन्धान र निरीक्षणका क्रममा आवश्यक देखिएका परिमार्जनलाई समेत समावेश गरेर चाँडै विस्तृत प्राविधिक प्रतिवेदन तयार गरिने तिमल्सेनाले बताउनुभयो ।
न्यौपानेले पुनःनिर्माण गरिने सडक दुई लेनको हुनेगरी अध्ययन भइरहेको र विस्तृत प्राविधिक प्रतिवेदन तयार भएपश्चात बजेट सुनिश्चितता गरी विभिन्न प्याकेज बनाई निर्माण कार्य चाँडो सम्पन्न गर्ने विभागको योजना रहेको बताउनुभयो । वर्षाको समयमा समेत सडक सञ्चालनको तयारीमा लागी परेको र सो को लागि बजेट माग समेत गरिएको भक्तपुर डिभिजन प्रमुख सिडिई सुमन योगेशले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै