
चितवन । जिल्लामा डेङ्गीको सङ्क्रमण घट्दै गएको छ । यहाँका अस्पतालमा उपचार गर्न आउने बिरामीमध्ये दैनिक आठदेखि १० जनासम्ममा डेङ्गीको सङ्क्रमण देखिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका प्रमुख दिनेश रुपखेतीका अनुसार डेङ्गी सङ्क्रमण तीव्र फैलिएको समयमा दैनिक ३० जनामा सङ्क्रमण पुष्टि हुने गरेकामा कात्तिकको अन्तिम सातादेखि यो सङ्ख्या घट्दै गएको हो । उहाँले भन्नुभयो, ‘प्रयोगशालाका अनुसार अहिले आठदेखि १० जनामा मात्र सङ्क्रमण देखिन थालेको छ । यसले सङ्क्रमण दर घट्दै गएको सङ्केत गर्छ ।’
गत वर्ष कात्तिकसम्म मात्रै देखिएको डेङ्गी अहिले मङ्सिरमा पनि देखिएकाले सतर्कता अपनाउन प्रमुख रुपखेतीले सबैलाई आग्रह गर्नुभयो । उहाँका अनुसार जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका ११ हजार नौ सय १९ जनाको डेङ्गी परीक्षण गर्दा तीन हजार छ सय ८७ सङ्क्रमण पुष्टि भएको हो ।
सङ्क्रमितमध्ये दुई हजार आठ सय ४६ जना चितवनका र बाँकी जिल्ला बाहिरका रहेका छन् । रुपाखेतीका अनुसार सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको छ ।
जिल्लामा सङ्क्रमित भएकामध्ये सबैभन्दा बढी भरतपुर महानगरपािलकाका एक हजार एक सय ५३ बिरामी रहेका छन् । सबैभन्दा कम माडी नगरपालिकाका ३६ जना छन् ।
यो रोग घर वरिपरी बस्ने एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यो लामखुट्टेले प्रायः बिहान र बेलुकाको समयमा टोक्ने भएकाले सो समयमा विशेष सावधानी अपनाउनुपर्ने प्रमुख रुपाखेतीले बताउनुभयो ।
यो लामखुट्टेले प्लास्टिक, टिनका डब्बा, ड्रम, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फुल पार्ने गर्दछ । यी ठाउँमा जम्मा भएको पानीलाई सफा नगर्दा रोगको सङ्क्रमण बढ्ने जनस्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत बिमल पट्टेलले बताउनुभयो ।
डेङ्गी हुँदा ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्छ । यो रोग लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने र रक्तश्राव हुने, उच्च ज्वरो आउने जस्ता लक्ष्यण देखा पर्दछन् । त्यस्तै वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिँजाबाट रगत बग्नेलगायत लक्षण देखापर्ने जनस्वास्थ्य अधिकृत पट्टेलले जानकारी दिनुभयो ।
डेङ्गीको ज्वरोबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु रहेको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । यस्तै आफू बस्ने ठाउँ वरिपरी फालिएका खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, पुराना टायर आदिमा पानी जम्न नदिने रहेको उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै