
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा कमी देखिएको छ ।
नेप्से परिसूचक बुधबार २४ दशमलव ९७ अंकले घटेर २ हजार ७ सय ५० दशमलव ८७ को बिन्दुमा कायम भएको हो ।
आज ३ सय २० कम्पनीको २ करोड तीन लाख ३२ हजार ६६ कित्ता शेयर, ९६ हजार ६ सय ७७ पटक खरिदबिक्री हुँदा ९ अर्ब १३ करोड २४ लाख ६८ हजार ९ सय ६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
जलविद्युत् समूह शून्य दशमलव ५९, उत्पादन तथा प्रशोधन शून्य दशमलव १४ र लघुवित्त शून्य दशमलव १२ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी व्यापार समूह आठ दशमलव ७२ प्रतिशतले घटेको छ ।
बैंकिङ शून्य दशमलव ३४, विकास बैंक एक दशमलव ९४, वित्त एक दशमलव २४, होटल तथा पर्यटन शून्य दशमलव ४० र लगानी समूह शून्य दशमलव शून्य दुई प्रतिशतले घटेको छ । त्यस्तै जीवन बिमा एक दशमलव ५०, म्युचुअल फण्ड शून्य दशमलव ३४, निर्जीवन बिमा शून्य दशमलव ३३ र अन्य समूह शून्य दशमलव ७४ प्रतिशतले घटेको छ ।
खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९९ प्रतिशतले बढेको छ । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ३० करोड ३० लाख ६९ हजार २ सय २५ रुपैयाँको कारोबार भएको छ ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको ११ लाख ९५ हजार नौ सय ८४ कित्ता शेयर किनबेच भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति