
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थक र प्रहरीबीचको झडपका कारण आज दिनभर चितवन तनावग्रस्त रहयो । जिल्ला प्रहरी कार्यलय अगाडि रास्वपा समर्थकले प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।
झडपमा प्रहरी तर्फ २० भन्दा बढी घाइते भएका छन् भने रास्वपाका ४० बढी कार्यकर्ता घाइते भएका छन्। घाइतेहरुको भरतपुर सामुदायिक अस्पतालहरुमा उपचार भैरहेको छ ।
प्रदर्शनकारीले ढुंगा प्रहार गरेपछि बल प्रयोग गर्नु परेको प्रहरीको दाबी छ । यता रास्वपाले भने प्रहरीले आफैँ घुसपौठ गरेर परिस्थिती भड्काएको आरोप लगाएको छ ।
प्रहरीले प्रदर्शन नियन्त्रण गर्ने क्रममा लाठी चार्ज गर्नुका साथी पानीका फोहरा र अश्रुग्यास प्रहार गरेको थियो। केहीबेर तितरबितर भएका रवि समर्थकले फेरि प्रहरी कार्यालय अघि आएर नाराबाजी गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति