+

छाडा चौपाया व्यवस्थापनका लागि लगाइएको महायज्ञबाट ५८ लाख संकलन

पोखरा ।  बजार क्षेत्रमा छाडिएका पशु चौपाया व्यवस्थापनका लागि लगाइएको महायज्ञबाट ५८ लाख रुप्रयाँ भन्दा बढी रकम संकलन भएको छ । 

पोखरा—१४ बाच्छेबडुवामा गोकुलधाममा गौशाला सञ्चालनमा ल्याइएको छ ।  गौशाला सञ्चालनको दिगो स्रोत खोजी गर्ने उद्देश्यले गएको पुस २६ देखि माघ ४ गतेसम्म महायज्ञ लगाइएको हो । .महायज्ञबाट नगद र जिन्सी गरी .५८ लाख २२ हजार १ सय ८२ रुपैयाँ संकलन भएको आयोजक राष्ट्रिय परोपकार महासंघले नेपालले जनाएको छ ।

सप्ताहव्यापी महायज्ञको ३५ हजार बढी दानदाता तथा भक्तजनले कथा श्रवण गरेका आयोजकले बताएको छ । महायज्ञबाट संकलित रकम गौ सेवा तथा गौशाला व्यवस्थापनमा खर्च गरिनेछ । हाल गौशालामा २ सय बढी गाई संरक्षित छन् ।

राष्ट्रिय परोपकार महासंघका केन्द्रीय अध्यक्ष एवं पुष्करिणी परोपकार गोकुलधामका परिकल्पनाकार भागवत आदिशास्त्रका वाचक युवा पण्डित कमलनयन गौतमले बोलीमा मात्र सीमित गौ सेवाको अभियानलाई व्यावहारिक बनाउने उद्देश्यले घचघच्याउनका लागि गोकुलधामको प्रारम्भ गरिएको बताउनुभयो ।

उहाँले गौ सेवाको अभियानलाई अभिप्रेरित गर्दै परोपकारी कर्मसँग मानवीय क्रियाकलापहरूलाई जोड्न यो महत्वपूर्ण हुने विश्वाससमेत व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “योे समग्र रूपमा पोखराको अर्को एउटा नयाँ गन्तव्यस्थल बन्नेछ, यो केवल गोठमात्र होइन, नजरले हे¥यो भने त गोठ हुन्छ तर सूक्ष्म आँखा खोल्यौ भने साँच्चिकै गौशाला हुन्छ । यो छाडा छोडिएका पशुलाई थुन्ने कान्जी हाउस होइन ।  कान्जी हाउस पहिला थियो, अब यो पवित्र गौशालामा परिणत भइसकेको छ, यहाँ गौ माताको रेखदेख र सुसार हुन्छ ।”

गोबर र गौमूत्रको प्रशोधनको प्रक्रिया सुरु गरिएको र यसको उपयोगमार्फत दशौँ रोपनी बन्जर जमिनलाई अग्र्यानिक उत्पादनको थलोका रूपमा विकास गरिएको उहाँले बताउनुभयो ।

आफूहरु गौशाला परिसरमा ३ सय ६५ प्रजातिका डालेघाँसका बिरुवा रोप्ने अभियानमा रहेको युवा पण्डित गौतमले जानकारी दिनुभयो । गो वंश र मानव सभ्यता एकै ठाउँमा रमाउन सक्ने प्राणी हुन् भन्ने कुरा जगत्लाई स्मरण गराउनका लागि अभियानको थालनी गर्न लागिएको उहाँले बताउनुभयो ।

पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले फोहरमैला र छाडा पशु चौपायाको व्यवस्थापन चुनौतीपूर्ण भइरहेका बेला महानगरको सहयोग तथा राष्ट्रिय परोपकार महासंघको व्यवस्थापनमा गोकुलधाम सञ्चालन भएपछि पोखराको शहरी सौन्दर्यीकरण र सडक सुरक्षामा महत्वपूर्ण सहयोग पुगेको बताउनुभयो ।

गोकुलधाम (गौशाला) व्यवस्थापनका सन्दर्भमा पोखरा महानगरपालिकाका तर्फबाट आवश्यक सहयोग गरिने उहाँले बताउनुभयो । गोकुलधामलाई पोखराको नयाँ पर्यटकीय गन्तव्य तथा अध्ययन अवलोकनको एक उत्कृष्ट एवं पवित्रस्थलका रूपमा विकास गर्नेगरी सहयोग गर्न महानगरपालिका प्रतिबद्ध रहेको उपप्रमुख गुरुङले बताउनुभयो ।

पोखरा महानगरपालिका–१४ का वडाअध्यक्ष बोधबहादुर कार्कीले धार्मिक रूपमा महत्व बोकेकी गौ माताको सेवाका लागि अब टाढाको तीर्थ जानु नपर्ने भन्दै त्यसका लागि गोकुलधाम नै काफी हुने बताउनुभयो । गौशाला व्यवस्थापनमा पोखरा महानगरपालिकाले पूरा गर्नुपर्ने दायित्व देखिने बहन गर्न प्रतिवद्ध हुनुपर्ने उहाँले बताउनुभयो । 

वर्षौंदेखि फोहर फ्याँक्ने स्थलका रूपमा परिचित पोखरा–१४ सुव्यवस्थित गौशाला सञ्चालनले पवित्रस्थलका रूपमा विकसित हुँदै गएको उहाँले बताउनुभयो ।  अध्यक्ष कार्कीले वडा कार्यालयका तर्फबाट ५ लाख र आफ्नो व्यक्तिगत तर्फबाट १ लाख १५ हजार रुप्रयाँ दान सहयोग प्रदान गर्नुभएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै