
काठमाडौँ । फ्रान्सका प्रधानमन्त्री मिचेल बार्नियरको अल्पकालीन प्रशासनको अन्त्य हुने सम्भावना बढेको छ ।
प्रधानमन्त्री बार्नियरले बुधबार सरकारले अविश्वासको प्रस्तावको सामना गर्ने बताउनुभएको छ । यदि प्रधानमन्त्रीलाई तीन महिना मा नै अविश्वासको मतविरूद्ध आफुप्रतिको समर्थन प्ष्टि गर्न नसकी बार्नियर सरकार ढलेमा राष्ट्रपति इमानुएल म्याक्रोँले बार्नियरको उत्तराधिकारी छान्न कठिन विकल्प रहनेछ ।
अविश्वासको मतका लागि नेशनल एसेम्बलीमा अर्को वर्षको बजेटलाई लिएर बार्नियरसँगको गतिरोधमा कट्टर वामपन्थी र अति दक्षिणपन्थीले ल्याएका दुई प्रस्तावमाथि छलफल गर्नेछ । तीन पटकराष्ट्रपति पदका उम्मेदवार मारिन ले पेनको अति दक्षिणपन्थी नेसनल याली (आरएन) ले वाम गठबन्धनले अघि सारेको प्रस्तावको पक्षमा मतदान गर्ने अपेक्षा गरिएको छ ।
फ्रान्सेली टेलिभिजनमा बुधबारको मतदानमा उहाँको सरकार टिक्ने सम्भावना छ कि छैन भनी सोधिएको प्रश्नमा बार्नियरले भन्नुभयो– ‘राजनीतिक मतभेद, विचलन, लोकतन्त्रमा सामान्य विरोधाभासभन्दा बाहिर म सरकार टिकोस् भन्ने चाहन्छु र यो सम्भव छ।’
तर अधिकांश विश्लेषकले अति दक्षिणपन्थीले वाम पन्थसँग अपवित्र गठबन्धन गरेर सरकार ढाल्ने विश्वास गरेका छन्। ग्रीष्मयाममा म्याक्रोँले आह्वान गरेको मध्यावधि निर्वाचनले दक्षिणपन्थीहरूको यात्रालाई रोक्न सफल भएको थिएन र संसद्मा कुनै पनि दल वा गुटलाई बहुमत दिलाउन असफल भएको थियो । यसअघिका विधायिकी निर्वाचनको एक वर्षभित्र कुनै पनि नयाँ निर्वाचन हुन सक्दैन, जसले गर्दा म्याक्रोँको विकल्प खुम्चिएको छ ।
कतिपयले साउदी अरबको राजकीय भ्रमण पूरा गर्न लागेका राष्ट्रपतिले राजनीतिक गतिरोध अन्त्यका लागि राजीनामा दिनुपर्ने सुझाव दिएका छन् । तर राष्ट्रपति म्याक्रोँले ती आह्वानलाई अस्वीकार गर्दै यस्तो परिदृश्य ‘राजनीतिक कल्पना’ नभएको बताउनुभएको छ ।
साउदी अरब भ्रमणका क्रममा म्याक्रोँले सञ्चारकर्मीसँग भन्नुभयो, “म फ्रान्सेली जनताबाट दुई पटक निर्वाचित भएँ। मलाई यो कुरामा गर्व छ र म यो विश्वासलाई अन्तिम सेकेण्डसम्म मेरो सबै ऊर्जाको साथ सम्मान गर्नेछु र यो नै देशको लागि उपयोगी हुनेछ,” म्याक्रोंले भन्नुभयो । म्याक्रोको कार्यकाल सन् २०२७ सम्मका लागि रहेको छ ।
केही प्रमुख विपक्षी व्यक्तित्वहरू र राष्ट्रपतिको गुटसँग नजिक रहेका केही व्यक्तिले पनि राजीनामा म्याक्रोँको एक मात्र व्यावहारिक विकल्प हुन सक्ने सुझाव दिएका छन्। एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै