
काभ्रे । जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित महाभारत गाउँपालिकामा मङ्गलबारदेखि दुईदिने स्वास्थ्य शिविर सञ्चालन भएको छ ।
विशेषज्ञ चिकित्सकसहित जिल्ला जनस्वास्थ्य कार्यालयद्वारागाउँपालिकाको वडा नम्बर ६ बनखुचौरमा आयोजित शिविरमा मेथिनकोट अस्पताल, बज्रबाराही अस्पताल, शिर मेमोरियल अस्पताल, धुलिखेल प्राथमिक स्वास्थ्य चौकी, सिन्धुली अस्पताल, नेपाल परिवार नियोजन सङ्घमा आबद्ध विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मीले सामान्य चिकित्सा, बालरोग, नाक, कान, घाँटी, आँखा, दाँत, मुख, स्त्री तथा प्रसूति,स्वास्थ्य परीक्षण, उपचार र परामर्श सेवा प्रवाह गरिरहेका छन् ।
शिविरमा प्रयोगशाला परीक्षण, एक्सरे, अल्ट्रासाउण्ड र निःशुल्क औषधि वितरण गरिएको छ । एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवर्द्धन अभियानअन्तर्गत सेवा प्रवाह गरिएको हो ।
शिविरको बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले उद्घाटन गर्दै दुई थान अक्सिजन कन्सन्ट्रेटर, अल्ट्रासाउण्ड मेसिन, डेलिभरी सेटसहित रु ११ लाखबराबरको स्वास्थ्य उपकरण र रु तीन लाख बराबरका औषधि हस्तान्तरण गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै