
पर्सा । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी कम्पनीले ३२ हजार क्विन्टल सोनामन्सुली र १० हजार क्विन्टल जिरामसिनो धान खरिद गर्ने भएको छ ।
कम्पनीका सूचना अधिकारी समीर दाहालका अनुसार दुई वर्षसम्म बजार मूल्यभन्दा सरकारले तोकेको समर्थन मूल्य कम भएपछि किसानले कम्पनीलाई धान बेचेका थिएनन् । यो वर्ष बजारमूल्यभन्दा समर्थन मूल्य केही बढी भएकाले किसानले कम्पनीलाई धान बेच्ने अपेक्षा गरिएको बताउनुभयो ।
गत सोमबार पर्साका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको स्थानीय प्राथामिक खरिद समितिले निर्धारण गरेको मूल्यअनुसार कम्पनीले धान खरिद गर्न लागेको हो । समितिले जिरामसिनोको समर्थन मूल्य प्रतिक्विन्टल चार हजार रुपैयाँ तोकेको छ । सङ्घीय सरकारले सोनामन्सुलीको समर्थन मूल्य प्रतिक्विन्टल३ हजार ५ सय रुपैयाँ ५८ दशमलव ६२ पैसा निर्धारण गरेको छ ।
‘किसान बाहेक कुनैपनि व्यापारी वा विचौलियाको धान खरिद गरिने छैन’ सूचना अधिकारी दाहालले भन्नुभयो । ‘‘कम्पनीको गुणस्तर मापदण्ड अनुसारको राम्रो,सफा एवं सुकेको धान मात्र ल्याउनुपर्नेछ । त्यो प्रकृतिको धान नल्याएको खण्डमा खरिद गरिने छैन ।’
यसैबीच, गत आर्थिक वर्षमा धान, चामल आयातमा कमी आएको पाइएको छ । भारतले धान, चामल निर्यातमा कोटा प्रणाली हटाएर थप २० प्रतिशत कर लाग्ने व्यवस्था गरेकाले आयातमा कमी आएको हो ।
गत आवमा ८ अर्ब २८ करोड ५५ लाख ४२ हजार रुपैयाँको २० करोड ८० लाख ९२ हजार ४४८ किलो धान आयात भएको भन्सार कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति