
पाँचथर । बम बिस्फोटबाट मृत्यु तथा घाइते भएका बालबालिकाका परिवारलाई यहाँका तीन संस्थाले आर्थिक सहयोग गरेका छन् ।
गत भदौ १३ गते बेवारिसे बम बिस्फोट हुँदा ज्यान गुमाएका फालेलुङ गाउँपालिका–५ डाँडागाउँका ११ वर्षीय दीप्सन साँवा र तीन वर्षीया प्रिन्सा साँवा तथा घाइते भई उपचाररत बालकद्वय दीप्सन राई र पवन राईको परिवारलाई ३ लाख ४२ हजार ९ सय ५६ रुपैयाँ सहयोग उपलब्ध गराइएको हो । यहाँका दीपज्योति युवा क्लब र फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन संस्थाले २ लाख ८२ हजार ४ सय ५६ रुपैयाँ तथा फालेलुङ सेवा समाजले सङ्कलन गरेको ६० हजार ५ सय रुपैयाँ सोमबार तीन परिवारलाई वितरण गरिएको दीपज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तवाले जानकारी दिनुभयो ।
तीन संस्थाले मृतकका परिवारलाई १ लाख ७१ हजार ४ सय ७८ र घाइतेका परिवारलाई जनही ८५ हजार ७ सय ३९ का रुपैयाँ दरले सहयोग उपलब्ध गराइएको बान्तवाले बताउनुभयो । यी संस्थाले सामाजिक सञ्जालमार्फत सहयोगका लागि आह्वान गरी देश तथा विदेशमा रहेकाहरुबाट सहयोग सङ्कलन गरेका थिए । सङ्कलित रकम वडाध्यक्ष भरतकुमार खपाङ्गीसहित स्थानीयको उपस्थितिमा प्रभावित परिवारलाई हस्तान्तरण गरिएको थियो ।
मृतक दीप्सन र प्रिन्सा साँवा दिलीप साँवाका छोराछोरी हुन् । गत भदौ १३ गते माओवादी कार्यकर्ता आइतराज केरुङको घरमा खेल्ने क्रममा बालबालिकाहरुले त्यो बेवारिसे बम भेट्टाएका थिए । बम खेलाउने क्रममा विस्फोट हुँदा दाजुबहिनीको ज्यान गएको थियो भने दुईजना घाइते भएका थिए ।
घाइते दीप्सन राई, ज्ञानबहादुर राई तथा पवन राई दीपक राईका छोरा हुन् । उक्त घरमा ज्ञानबहादुरको परिवार बसोबास गर्दै आएको छ । घाइतेको काठमाडौँस्थित जलन अस्पतालमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- स्थानीय तहका कर्मचारीद्वारा पनि आन्दोलनको घोषणा
- राप्रपाको प्रदर्शनका कारण भोलि शिक्षक आन्दोलन बिहानलाई सारियो
- ‘विवाहको प्रस्ताव अस्वीकार गरेपछि युवतीमाथि गोली प्रहार’
- निषेधित क्षेत्र नतोड्न राप्रपालाई गृह मन्त्रालयको चेतावनी
- राप्रपाले आइतबार बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने
- बालुवाटारमा तीन शीर्ष नेताबीच छलफल
- धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन: अध्यक्ष दाहाल
- वर्षा बाधक बनेपछि नेपाल विश्वकपका लागि छनोट भएन
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय