
काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु यसै साता नेपाल आउनु हुने भएको छ ।
अमेरिकाका दक्षिण तथा मध्य एशियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री लुले नेपालको औपचारिक भ्रमण गर्न लाग्नुभएको हो । नेपालमा पछिल्लो समय मेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) कार्यान्वयन र चीनको महत्वकाँक्षी परियोजना वेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) अगाडि बढाउन सम्झौता हुने क्रममा छ ।
प्रधानमन्त्री केपी शर्मा ओली यतिखेर चीन भ्रमणमा हुनुहुन्छ । प्रधानमन्त्री ओलीको यस पटकको चीन भ्रमणमा बिआरआई कुनै न कुनै रुपमा अगाडि बढाउन सम्झौता हुने निश्चत छ । आर्थिक रुपमा विश्वको शक्तिशाली राष्ट्र बन्ने होडबाजीको कारण पछिल्ले समय चीन र अमेरिकाले कुटनीतिक ढंगले टक्कर गरिरहेका छन् । यही परिस्थितिमा नेपालमा एमसीसी र बिआरआई परियोजना भित्रिएको हो । एमसीसी अमेरिकी स्वार्थ अनुसार भित्रिएको हो, त्यस्त्रै (बिआरआईमा पनि चीनको आफ्नै लक्ष्य छ ।
यी दुवै परियोजना एकले अर्कालाई अस्वीकार गर्ने ढंगले अगाडि बढिरहेका छन् । नेपालको राजनीतिमा पछिल्लो समय यी दुई परियोजनाको प्रभाव र असर देखिएको छ । नेपालले एमसीसी अगाडि बढाउन खोज्दा चीनले त्यसलाई रोक्न कुटनीतिक तवरले दबाब दिने गरेको र बिआरआई अगाडि बढाउन खोज्दा अमेरिकाले यसलाई रोक्न कुटनीतिक रुपमा अनेक उपाय अवलम्बन गर्ने गरेको तथ्य प्रष्टै देखिन थालेको छ । यहीपरिप्रक्ष्यमा अमेरिकी सहायक विदेशमन्त्री लुको नेपाल भ्रमण हुन लागेको हो । लुको यो पहिलो पटक नेपाल भ्रमण होइन । उहाँ एमसीसी प्रकरणमा यसअघि पनि विभिन्न पटक नेपाल आइसक्नु भएको छ ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार आजदेखि उहाँ दक्षिण एशियाली मुलुकको भ्रमणमा आउँदै हुुनुहुन्छ । सहायक विदेशमन्त्री डोनाल्ड पहिला श्रीलङ्का र त्यहाँबाट भारत हुँदै नेपाल नेपाल आउने तयारी रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । विदेश मन्त्रालका अनुसार उहाँको दक्षिण एशिया भ्रमण नेपालबाट समापन हुनेछ ।
नेपाल भ्रमणका क्रममा उहाँले शीर्ष नेतृत्वसँग पर्यावरण संरक्षण, महिला सशक्तीकरण र दिगो विकासका साथै नेपाल–अमेरिका सम्बन्धका विविध पक्षबारे युवा नेतासँग छलफल गर्नुहुनेछ ।
पर्यटन तथा अर्थतन्त्रका मेरुदण्ड मानिएका नेपालका सांस्कृतिक सम्पदाको संरक्षण लगायत विषयमा पनि सहायक विदेशमन्त्रीले छलफल गर्ने अमेरिकी विदेश मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति