
चितवन। साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन सम्बन्धमा बयान लिन चितवन प्रहरीले पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वातन्त्र पार्टी (रास्वपा)का केन्द्रीय अध्यक्ष रवि लामिछानलाई आज मंगलबार चितवन ल्याएको छ ।
भरतपुर एयरपोर्टबाट लामिछानेलाई जिल्ला प्रहरी कार्यालय पुर्याइएको प्रहरीले जनाएको छ । कास्की प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको लामिछानेमाथि अन्य सहकारी रकम दुरुपयोगका बारेमा अनुसन्धान भइरहेको कास्कीसहित रुपन्देही र काठमाडौंमा बयान लिने कार्य भइरहेको छ ।
लामिछानेलाई भरतपुर एयरपोर्टबाट जिल्ला प्रहरी कार्यालय ल्याउने क्रममा उहाँका समर्थकहरुले सडक अवरुद्ध पारेर उहाँका पक्षमा नाराबाजी गरेका थिए । प्रहरीले सामान्य बल प्रयोग गरेर सडक खुलाउँदै लामिछानेलाई जिल्ला प्रहरी कार्यालय लगेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति