
हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको स्थानीय तहको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की देवकी तिमिल्सिना विजयी हुनुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार सविता बुढालाई पछि पार्दै माओवादी केन्द्रकी उम्मेदवार तिमिल्सिनाले ४३ मत अन्तरले विजयी हुनुभएको हो ।
सर्केगाडमा छ हजार आठ सय १० मतदाता रहेकामध्ये चार हजार पाँच सय २४ मत खसेको थियो । तिमल्सिनाले एक हजार छ सय ३७ मत ल्याएर विजयी हुनुभएको हो । उहाँकी निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी बुढाले एक हजार पाँच सय ९४, नेपाल कम्युनिष्ट पार्टी (एमाले)की जाना शाहीले एक हजार एक सय ३२, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सङ्गीता शाहीले ५१, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की बाँचा बुढाले २५ र स्वतन्त्र उम्मेदवार नरेश शाहीले नौ मत प्राप्त गर्नुभयो । खसेको मतमध्ये ७८ मत बदर भएका छन् ।
विसं २०७९ मा कांग्रेस र माओवादी केन्द्रले मिलेर निर्वाचन लडेकामा उक्त गठबन्धनबाट कांग्रेसका तर्फबाट अध्यक्ष पदका र माओवादीका तर्फबाट उपाध्यक्षमा पदका उम्मेदवार विजयी हुनुभएको थियो । उपाध्यक्ष चन्द्रसिंह कार्कीको गत भदौ ४ गते गाडी दुर्घटनामा परेर निधन भएसँगै रिक्त पदमा उपनिर्वाचन भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति