
काठमाडौँ । न्यूजील्याण्डका वैज्ञानिकहरूले सोमबारदेखि विश्वकै दुर्लभ मानिएको ह्ववेलको विश्लेषण शुरु गरेका छन् ।
न्यूजील्याण्डको साउथ आइल्याण्डमा यसै वर्षको शुरुमा मृत भेटिएको कोदालीपाते दाँत भएको र चुच्चो मुख भएको समुद्रको गहिराइमा बस्ने स्तनपायी जनावर ह्ववेलको अध्ययन गर्ने मौका मिलेको हो ।
पाँच मिटर (१६.४ फिट) लामो त्यो ह्ववेललाई जुलाईमा समुद्र किनारबाट निकालिएको थियो र त्यसपछि उसलाई विशेष ‘फ्रिजर’मा राखिएको थियो । ह्ववेल विशेषज्ञ एन्टोन भ्यान हेल्डेनका अनुसार वैज्ञानिकहरूले पहिलो पटक कोदालीपाते दाँत भएको ह्ववेलको नमूनाको विश्लेषण गर्ने अवसर मिलेको हो । ‘यो एक उल्लेखनीय र विश्वव्यापी रूपमा महत्त्वपूर्ण अवसर हो’ उहाँले भन्नुभयो ।
सप्ताहव्यापी विच्छेदनले ह्ववेलको व्यवहार, यसको आहार र यसको आधारभूत शरीर रचनाको बारेमा अहिलेसम्म प्राप्त गर्न नसकिएका जानकारी लिन मद्दत गर्नेछ । ‘चुच्चे ह्ववेल संसारमा पाइने ठूला स्तनधारीको सबैभन्दा रहस्यमय ह्ववेल प्रजाति हो’ उहाँले भन्नुभयो– ‘तिनीहरू गहिरो स्थानमा रहने ‘गोताखोर’ हरू हुन् जसलाई समुद्रमा विरलै देखिन्छ र यी समुद्री जनावरको अनुसन्धानको लागि कमै अवसर मिल्ने गर्छ । संसारको कुनै पनि ठाउँबाट ज्ञात सातौं नमूना मानिएको यो दुर्लभमध्ये सबैभन्दा दुर्लभ जन्तु हो र हामीले यसको चिरफार गरी अध्ययन गर्ने दुर्लभ अवसर पाएका छौँ।’
न्यूजील्याण्डको संरक्षण विभागले कोदालीपाते दाँत भएको ह्ववेल ‘विश्वकै दुर्लभ भएको बताएको छ । सन् १८७४ मा न्यूजील्याण्डको पूर्वी तटमा रहेको चाथम टापुबाट सङ्कलन गरिएको तल्लो बङ्गारा र दुईवटा दाँतबाट यो प्रजातिको वर्णन गरिएको थियो । त्यो नमूना न्यूजील्याण्ड र चिलीमा भेटिएका अन्य दुई नमूनाका कंकालका अवशेषले वैज्ञानिकहरूलाई नयाँ प्रजाति पुष्टि गर्न आधार दिएको थियो ।
यति कम नमूना फेला परेका छन् र त्यहाँ कुनै जीवित दृश्य छैनन्, कोदालो–दाँतेदार ह्ववेललाई न्यूजील्याण्ड थ्रेट वर्गीकरण प्रणाली अन्तर्गत तथ्याङ्क कम भएको जनावरको रूपमा वर्गीकृत गरिएको छ। एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति