
काठमाडौँ । एशियाली विकास बैङ्क (एडिबी) ले बङ्गलादेशमा सौर्य ऊर्जा संयन्त्र निर्माणका लागि २४.३ मिलियन अमेरिकी डलर उपलब्ध गराउने भएको छ ।
एडीबीले बङ्गलादेशमा ग्रिड जडान गरिएको ‘सौर्य फोटोभोल्टिक पावर प्लान्ट’ स्थापना गर्न उल्लेखित रकम उपलब्ध गराउन लागेको हो । वित्तीय प्याकेजमा सोमकबार (एडिबी र बङ्गलादेशको मुक्तागाचा सोलारटेक एनर्जी लिमिटेड (एमएसएएल) बीच हस्ताक्षर भएको छ ।
बङ्गलादेशस्थित ऊर्जा कम्पनी जुल्स पावर लिमिटेडको स्वामित्वमा रहेको एमएसइएलका लागि वित्तीय प्याकेजको व्यवस्था गरिएको एडीबीले जनाएको छ ।
परियोजनाले २० मेगावाट ग्रिड जडित सौर फोटोभोल्टिक पावर प्लान्ट निर्माण र सञ्चालन गर्नेछ भने वार्षिक ३७।९ गिगावाट–घण्टा बिजुली उत्पादन गर्ने गरी वार्षिक १८ हजार ३४४ टन कार्बन डाइअक्साइड उत्सर्जनबाट जोगाउने जनाइएको छ । परियोजनाको उद्देश्य बङ्लादेशमा प्रगति र दिगो ऊर्जा समाधान अगाडि बढाउनु हो ।
दीर्घकालीन वित्तपोषणले नवीकरणीय ऊर्जा विकासमा निजी क्षेत्रको संलग्नता प्रवद्र्धन गरी नवीकरणीय परियोजनाको पूँजी आवश्यकता सम्बोधन गर्ने निजी क्षेत्र सञ्चालनका लागि एडीबीका महानिर्देशक सुजैन गाबोरीले बताउनुभएको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति