
काठमाडौँ । रुकुमपूर्वको पुथाउत्तरगंगाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार नरपुरा बूढा विजयी हुनुभएको छ । माओवादी उम्मेदवार बूढा नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनलाई हराउँदै उपाध्यक्ष बन्नुभएको हो ।
माओवादीकी बूढाले सत्ता गठबन्धन उम्मेदवार एमालेकी केशकुरमारी तुलाचनलाई १ हजार ४ सय ९९ मत अन्तरले हराउँदै उपाध्यक्ष बन्नुभएको हो । बूढाले ३ हजार ६ सय २७ मत प्राप्त गर्नुभएको छ । कांग्रेसको रुख चिन्ह लिएर उम्मेदवार बन्नुभएकी एमालेकी तुलाचनले २ हजार १ सय २८ मत पाउनुभएको छ ।
पुथाउत्तरगंगामा यसअघि २०७९ मा माओवादीबाट निर्वाचित भूपेन्द्रा बूढाको सवारी दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति