
काठमाडौँ । स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुरमा नेकपा एमालेले अहिलेसम्मको परिणाममा अग्रणी नेपाली कांग्रेसका उम्मेदवारसँगको मत अन्तर घटाउन थालेको छ ।
कीर्तिपुरमा केहीबेर अघिसम्म कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले निकै फराकिलो मत अन्तरसहित अग्रता लिइरहनु भएको थियो । तर पछिल्लो पटक सावर्जनिक गरिएको परिणाममा भने एमाले उम्मेदवार डा सुरेन्द्र मानन्धरले केही बुथमा कांग्रेस उम्मेदवारको तुलनामा बढी मत प्राप्त गर्नुभएको हो ।
निर्वाचन आयोगका अनुसार अहिलेसम्मका गणना अनुसार कीर्तिपुर कांग्रेसका उम्मेदवार डंगोलले २ हजार ४ सइ २१ मत गर्नुभएको छ । एमाले उम्मेदवार मानन्धरले २ हजार ६१ मत प्राप्त गर्दै कांग्रेस उम्मेदवारलाई ठक्कर दिने प्रयत्न गर्नुभएको छ ।
नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रा डा शिवशरण महर्जनले १ हजार ६सय ७४ मत प्राप्त गर्नुभएको छ । केटाकेटी चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिनु भएका स्वतन्त्र उम्मेदवार राजमान महर्जनले ९ सय ६५ मत पाउनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति