
रुकुमपूर्व । रुकुमपूर्व पुथाउत्तारङ्गा गाउँपालिकाको मतगणना जारी रहेको छ । दिउसो १ बजे सम्मको गणनामा माओवादी केन्द्रले अग्रता बढाएको छ ।
माओवादीकी नरपुरा बुढाले २ हजार ६ सय २५ मतका साथ अग्रता लिनुभएको छ । कांग्रेसको रुख चिह्नबाट चुनाव लड्नुभएकी एमाले जिल्ला उपसचिव केशकुमारी तुलाचनले १ हजार ८ सय ५ मत प्राप्त गर्नुभएको छ ।
यो पालिकामा एमाले-कांग्रेसको गठबन्धन छ । यसअघि माओवादीबाट निर्वाचित भूपेन्द्रा बुढाको बागलुङ दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।
यो पालिकाको वडानम्बर २ मा भने माओवादीका जगत घर्ती निर्विरोध निर्वाचित हुनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति