
काभ्रे । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–५ तालढुङ्गामा बौद्ध धर्मालम्बी ‘लामा’ हरु गुफा (कुन्छाम्) बस्ने भएका छन् । खानीखोलास्थित कोन्छ्योकसुम नेपाल तामाङ लामा घेदुङको आयोजनामा मङ्सिर २६ गतेदेखि करिव तीन सय लामाहरु गुफा बस्न लागेका हुन् ।
विषेशगरी शान्ति र अहिंसा प्रार्थनाका लागि लामाहरु डेढ महिना गुफा बस्न लागेको घेदुङले जनाएको छ । गुफा बस्न काभ्रेपलाञ्चोकसँगै सिन्धुली, मकवानपुर, चितवन, सिन्धुपाल्चोक लगायतका जिल्लाबाट लामा आउनुहुने घेदुङका अध्यक्ष वीरबहादुर वाईवा बताउनुभयो । उहाँका अनुसार ताल्ढुङ्गामा मङ्सिर २६ गते गुफा कार्यक्रमअन्तर्गत उद्घाटन भएसँगै भोलिपल्ट लामागुरू खेन्पो सेराप ग्याल्छेनबाट ‘थुन’ शुरु हुने छ ।
शान्ति र अहिंसाको प्रार्थनासँगै धार्मिक तथा साँस्कृतिक सम्बन्धनको विकास गरी लामाहरूलाई बुद्धिष्ट ज्ञानसहित सङ्गठित बनाउने विषयमा प्रशिक्षित गरिने जनाइएको छ । यस्तै गुफामा अहिंसा र शान्तिमा योगदान पु¥याउनुका साथै बौद्ध धर्म, कला–सँस्कृतिको संरक्षण, सम्बद्र्धन र विकाससँगै समस्त लामाको हक–हीत, भाषा, लिपी, बुद्धको उपदेशका पालना गराई तामाङ बौद्ध जागरण तथा धार्मिक कर्मकाण्डलाई कम खर्चिलो, एकरुपता र सरल पार्ने विषयमा बृहत छलफल हुने जनाइएको छ ।
‘तामाङ समाजमा पछिल्ला समय ‘लामा’ कम हुँदै गएकाले कुन्साम्मार्फत् लामा पठनपाठन र उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरेका छौँ’ अध्यक्ष वाइवाले भन्नुभयो । ४५ दिनसम्म चल्ने कुन्छाम् कार्यक्रममा लामाका लागि खान–बस्न रु १५ खर्च हुने आयोजकले जनाएको छ ।
खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले लामाको कुन्छाम् कार्यक्रमले स्थानीय धार्मिक पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने बताउनुभयो । उहाँका अनुसार खानीखोलालाई धार्मिक–पर्यटनको रुपमा विकास गर्न गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा समेत समेटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति