
ओखलढुङ्गा । ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ को वडाध्यक्ष पदमा एमालेका उम्मेदवार गङ्गाबहादुर तामाङ तीन सय ९९ मत ल्याएर विजयी हुनुभएको छ ।
उक्त पदका लागि आज भएको उपनिर्वाचनमा तामाङका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका घनश्याम दाहालले एक सय ७७ मत प्राप्त गर्नुभयो । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णुप्रसाद पोखरेलले एक सय ५१, नेकपा (माओवादी केन्द्र) का मानबहादुर सुनुवारले २३, राष्ट्रिय प्रजातन्त्र पार्टीका चन्द्रमणी दाहालले तीन र जनता समाजवादी पार्टीका इन्द्रबहादुर दर्जीले तीन मत ल्याउनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
उक्त निर्वाचनमा १२ मत बदर भएको थियो । विसं २०७९ को स्थानीय तह निर्वाचनमा मोलुङ–५ का वडाध्यक्ष गोपिकृष्ण कार्कीको निधन भएकापछि आज उपनिर्वाचन भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति