
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भारतको नयाँदिल्लीमा हुने दुई दिने साझेदारी शिखर सम्मेलन २०२४ मा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
भारतको वाणिज्य तथा उद्योग मन्त्रालयको आयोजनामा सोमबार र मङ्गलबार आयोजना हुने औपचारिक कार्यक्रमका लागि उहाँ भारत प्रस्थान गर्नुभएको हो । सम्मेलनमा सरकार–उद्योग साझेदारी लगायत विषयमा छलफल हुने जनाइएको छ । भारतका वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलको औपचारिक निमन्त्रणमा मन्त्री भण्डारी नयाँदिल्ली प्रस्थान गर्नुभएको हो ।
शिखर सम्मेलनमा भारतसहित नेपाल, अल्जेरिया, बहराइन, भूटान, इजराइल, इटाली, साउथ अफ्रिका, कम्बोडिया, म्यानमार, कतार, सेनेगल लगायत राष्ट्रका उद्योग तथा वाणिज्य र वित्तमन्त्रीहरुको सहभागिता रहने मन्त्री भण्डारीका स्वकीय सचिव आनन्द भट्टले जानकारी दिनुभयो । सम्मेलन नयाँदिल्लीस्थित सुस्मा स्वराज भवनमा सम्पन्न हुने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति