
काठमाडौँ । स्थानीय तहको उपनिर्वाचन अन्तरगत विभिन्न ४१ पदका लागि आज मतदान सम्पन्न भएको छ। देशभर शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदना सम्पन्न भएको निर्वाचन आयोगले जानकारी दिएको छ। आयोगका अनुसार आजको उपनिर्वाचनमा ६२ प्रतिशत मत खसेको छ।
आयोगले आज साँझ विज्ञप्ती निकालेर निर्वाचनमा ६२ प्रतिशत मत खसेको जानकारी दिएको हो। आयोगका प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार उपनिर्वाचनका लागि २५ वटा राजनीतिक दल दर्ता भएकोमा २० वटाले उम्मेदवारी दिएका थिए। उहाँका अनुसार मतदान सम्पन्न भएर सुरक्षित रुपमा मतपेटिका संकलन भएपछि तत्काल मतगणना शुरु गर्न आयोगले निर्देशन दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति